ताजा खबर

चीन तर्फका नाकाको सडक सुधारमा ध्यान दिन भट्टराईको माग

RadioTaplajung

 


आनन्द गौतम/२०७५ भदौ ३१/ताप्लेजुङ – ताप्लेजुङवाट निर्बाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा का स्थायी कमिटि सदस्य योगेश भट्टराईले उत्तरी चीनतर्फका नाका जोड्ने सडक सुधारमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन । प्रतिनिधिसभाको आइतवारको बैठकमा बिशेष समय लिएर बोल्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुक्र्याउदै सडक सुधारको माग गरेका हुन ।

आफुले केहिदिन अगाडी सञ्चार माध्यमवाट नेपाल र चीनका बिचमा  पारवहन तथा यातायात सम्झौताको प्रोटोकल प्राविधिक स्तरमा सहमती भएको थाहा पाएको र यो ऐतिहासिक फड्को भन्दै भट्टराईले नेपालीहरुको प्रतिक्षाको घडि पुरागरेकोमा नेपाल सरकार र बिशेष गरी प्रधानमन्त्री केपि शर्मा ओलीलाई धन्यवाद दिए । नेपालवाट चीन जोड्ने छ वटा कुनैपनि नाकाका सडकको अवस्था सन्तोषजनक नरहेकाले यस्मा ध्यानदिन उनले अनुरोध गरे ।

‘नेपालको इतिहासलाई हेर्ने होभने तिब्बत जोड्ने ओलाङचुङगोलाको नाका सबैभन्दा पुरानो र ऐतिहासिक हो,’ भट्टराईले थपे, ‘तर दखका साथ भन्नुपर्छ ओलाङचुङ लगायत चीन जोड्ने कुनैपनि नाकाका सडकको अवस्था सन्तोषजनक छैन, सबै नाकामा पूर्वाधार विकास गर्न गम्भीर ध्यानाकर्षण गराउ“दछु ।’ यी नाकाहरु सञ्चालन भए नेपालका उत्पादन चीन हु“दै तेश्रो मुलुक पुग्ने र तेश्रो देशवाट सामान नेपाल आउने बिश्वास भट्टराईको छ । सरकारले केहि समयअघि चीनस“ग गरेको सहमती अनुसार पूर्वका ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका नाकालाई बन्दरगाहसम्म पुग्ने नाकाको रुपमा खुलाइएको छ । ताप्लेजुङमा सिमानाका सम्म पुग्नकालागि अझै ३० किलोमिटर ट्रयाक खोल्न बा“कि रहेकोछभने संखुवासभापनि जोडिएको छैन । ताप्लेजुङको सडकमा त चौडाईसमेत एउटा गाडिकालागि मात्रै पुग्ने रहेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक