ताजा खबर

तेह्रथुमका जोशीलाई यूएईमा ५ वर्ष जेल र दुई लाख दिराम जरिवाना

तेह्रथुमका जोशीलाई यूएईमा ५ वर्ष जेल र दुई लाख दिराम जरिवाना
असोज २४ गते । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।
यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो ।
सर्वोच्चको पूर्ण इजालासले हालै फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए । काम लगाउँदा विवाद बढेपछि जोशीले फिलिपिनोमाथि चक्कु प्रहार गरी हत्या गरेको विवरण फैसलामा उल्लेख छ,’ यूएईका लागि कार्यवाहक राजदूत सागर फुयालले भने, ‘जोशीले समेत हत्या गरेको अदालतमा स्वीकार गरेका छन् ।’

सबै किसिमको अनुसन्धानबाट हत्या नै भएको रिपोर्ट तयार भएको फुयालले बताए । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक