ताजा खबर

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

RadioTaplajung

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते
ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण गरिएको सोल्टिनी ज्यू म्युजिक भिडियोको आज  एक कार्यक्रमका बीच  बिमोचन गरिएको छ । सदरमुकाम फुङ्लिङ स्थित एक होटेलमा  आज शुक्रबार हाङ अन्लाईन टिभिको आयोजनामा  बिमोचन गरिएको हो ।
गितमा ब्रोसिस माबोहाङ लिम्बुकोको स्वर रहेको छ भने लेकाली कान्छा मुकुमको शब्द संगितमा तयार गरिएको गिती एल्बममा अभिनय  समिर लिम्बू र श्रेया लिम्बू को रहेकोछ ।
भिडियोको निदेर्षन सुमन शानु कुङवाङले गरेकाछन्।

म्युजिक भिडियोमा ताप्लेजुङका पर्यटकिय स्थानहरुलाई समेटिएर समग्र जिल्लालाई चिनाउन खोजिएको छ । कार्यक्रमका प्रमुख अतिथी फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले भिडियोलाई  प्ले।।। गरेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै  मादेनले समग्र रुपमा ताप्लेजुङलाई चिनाउने गरि  पर्यटकिय स्थललाई समेटिएको र सबै जातजाती को भेषभुसामा सजिएर  भिडियो निर्माण गरिएको भन्दै हाङ अन्लाईन टिभिलाई धन्यवाद दिनु भयो । ताप्लेजुङलाई विभिन्न ठाँउमा चिनाउनका लागि र पर्यटन प्रवर्द्धन गर्नका लागि यी र यस्ता  प्रयास भए नगरपालिकाले सहयोग गर्ने प्रतिबद्ध समेत  व्याक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै  पर्यटन व्यावसायिक तथा फोटो पत्रकार हर्कराज गुरुङले ताप्लेजुङमा सबै जात जाती ,समाज ,राजनीति पार्टीहरु को संगठन हुँदै गर्दा ताप्लेजुङमा यति धेरै कलाकार हुँदा पनि  अहिले सम्म कलाकार हरुको संगठन न हुनु दुस्खद भएको बताउनु भयो । ताप्लेजुङमा एउटा साहित्य एवं  कलाकारको संगठन निर्माण गर्नु पर्नेमा  गुरुङले जोड दिनु भयो । कार्यक्रमको अध्यक्षता हाङ अन्लाईन टिभिका  कौसिला चोङ्वाङले गर्नु भएको थियो  तेस्तै कार्यक्रममा साहित्य प्रेमी, कलाकार ,व्यापारी उद्योमि संचारकर्मी लगायत विभिन्न संघसस्थाका  प्रमुख तथा प्रतिनिधिको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

फ्राइडे रिलिज स् हलमा दुई नयाँ फिल्म, कबड्डी ४ तेस्रो हप्तामा

काठमाडौं , जेष्ठ २७ गते । शुक्रबारदेखि दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। कन्नड फिल्म ु७७७ चार्लीु र हलिउड फिल्म ुजुरासिक वर्ल्ड डोमिनियनु