फक्ताङलुङमा असोज ८ देखि २० गतेसम्म खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम

मदन गौतम
असोज६गते । फक्ताङलुङ गाउँपालिकाले गाईभैँसीलाई लाग्ने खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ताप्लेजुङ र गाउँपालिका पशु सेवा शाखाको समन्वयमा असोज ८ गतेदेखि २० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
माथिल्लो क्षेत्रबाट खोप कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बुले जानकारी दिनुभयो।
खोरेत रोगको संक्रमणबाट पशुमा हुन सक्ने क्षति न्यूनीकरण गर्न आफ्ना गाईभैँसीलाई प्राविधिकमार्फत अनिवार्य रूपमा खोरेत रोगविरुद्धको खोप लगाउन गाउँपालिकाले आग्रह गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

भारी वर्षाले विपद निम्त्याउन सक्ने भन्दै सतर्क रहन ताप्लेजुङ प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ असोज ७ गते । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर ठूलो वर्षा हुने पूर्वानुमान रहेकाले जिल्ला प्रशासन कार्यालय

फक्ताङलुङमा असोज ८ देखि २० गतेसम्म खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम
रेडियो ताप्लेजुङ भाद्र ६गते । फक्ताङलुङ गाउँपालिकाले गाईभैँसीलाई लाग्ने खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको

लगातार ओरालो लाग्दै अलैंचीको भाउ, ताप्लेजुङका व्यवसायी भन्छन् : उत्साहजनक कारोबार छैन
किरण गदाइली असोज ६ गते । पछिल्लो समय दिनहुँजसो अलैंचीको भाउ घट्ने क्रम जारी छ।नेपाल अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका







..jpeg)
प्रतिकृया दिनुहोस