ताजा खबर

भारी वर्षाले विपद निम्त्याउन सक्ने भन्दै सतर्क रहन ताप्लेजुङ प्रशासनको आग्रह

SITENAME

रेडियो ताप्लेजुङ

असोज ७ गते । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर ठूलो वर्षा हुने पूर्वानुमान रहेकाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ। 

मौसम विज्ञान विभागद्वारा २०८३ असोज ५ गते सोमबार जारी विशेष बुलेटिन अनुसार उक्त भारी वर्षाबाट ताप्लेजुङ जिल्लाका सबै स्थानमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी यादवप्रसाद भट्टराईले बुधबार र सूचना जारी गरेर आग्रह गर्नुभएको हो।

प्रशासनले मनसुन विपदको जोखिम उच्च रहेको र जिल्लाका अधिकांश स्थानमा कच्ची सडक रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।

त्यस्तै जोखिमको संकेत देखिएमा समयमै नजिकैको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ।

जारी सूचनामा अति आवश्यक अवस्था बाहेकमा लामो दुरीमा रात्रिकालीन समयमा यात्रा बन्द गर्न, मौसम सम्बन्धी सूचनाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ। 

प्रशासनको सूचनामा नदी तथा खोला किनारा र पहिरो जोखिमयुक्त स्थान भिरालो जमिन र बाढी आउनसक्ने स्थानमा विशेष सावधानी अपनाउन भनिएको छ । 

पर्वत आरोहणको समय भएकाले कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्यटक आएको भए तत्काल यात्रा बन्द गरी सकभर उक्त स्थानबाट फर्कन प्रशासनको आग्रह छ । नभए सुरक्षित स्थानमा बस्न पर्यटकहरूलाई आग्रह गरिएको छ। 

जिल्लामा रहेका सवारी चालकले मौसमी जानकारी लिएर मात्र सवारी साधन चलाउन आग्रह गरिएको छ भने विपद सम्बन्धी कुनै घटना घटेमा तत्काल सम्बन्धीत स्थानीय तह,सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सम्पर्क गर्न सहायक सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

लगातार ओरालो लाग्दै अलैंचीको भाउ, ताप्लेजुङका व्यवसायी भन्छन् : उत्साहजनक कारोबार छैन

किरण गदाइली असोज ६ गते । पछिल्लो समय दिनहुँजसो अलैंचीको भाउ घट्ने क्रम जारी छ।नेपाल अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका

SITENAME

भोटेकोशी बाढीपीडितका लागि सहकारी सङ्घ ताप्लेजुङ र सहकारीकर्मीहरूद्वारा ७८ हजार बढी सहयोग

रेडियो ताप्लेजुङ असोज   ५ गते ।जिल्ला सहकारी सङ्घ लिमिटेड, ताप्लेजुङले भोटेकोशी बाढीबाट प्रभावितका लागि ७८ हजार २६५ रुपैयाँ ‘प्रधानमन्त्री

SITENAME

१४ वर्षअघि फरार भएकासहित ताप्लेजुङ प्रहरीद्वारा ६ प्रतिवादी पक्राउ

किरण गदाइली असोज ५ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो  दिनमा ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत ताप्लेजुङ र जिल्ला