ताजा खबर

ताप्लेजुङमा उमेर समूहको फुटबलमा आकर्षण बढ्दै,थुकिमामा यू–१७ प्रतियोगिता कात्तिक १ गतेदेखि

SITENAME

किरण गदाइली



असोज १३ गते । ताप्लेजुङमा उमेर समूहका फुटबल गतिविधि बढ्न थालेका छन्।

यसै क्रममा विजयादशमीको अवसरमा नवप्रतिभा युवा क्लब, मेरिङदेन–५ थुकिमाले १७ वर्षमुनिको यू–१७ नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी कात्तिक १ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने खेल संयोजक शरद मादेनले जानकारी दिनुभएको छ।

प्रतियोगितामा १७ वर्षसम्मका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। १७ वर्षभन्दा माथिका खेलाडी समावेश गरेको पाइएमा सम्बन्धित टोलीलाई वाकओभर दिइने संयोजक मादेनले जानकारी दिनुभयो।

खेलाडीको उमेर पुष्टि गर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको उहाँले बताउनुभयो।

उमेर समूहको प्रतियोगिताले प्रतिभा पहिचानमा सहयोग पुग्नुका साथै खेलाडीले आफू समान उमेरका खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउँदा हौसला बढ्ने भएकाले यू–१७ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ तथा उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यसैबीच, दशैँकै अवसरमा ताप्लेजुङको फूलबारीमा पनि उमेर समूहको पहिलो खुड्किलो मानिने १४ वर्षमुनिको यू–१४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

चासोक तङनाम : ताप्लेजुङमा वृद्धवृद्धालाई सम्मानसहित विविध कार्यक्रम

रेडियो ताप्लेजुङ मंसिर १ गते । किराँत लिम्बू समुदायले नयाँ बाली पाकेपछि भित्र्याउने समयमा मनाउने चासोक तङनाम (न्वागी पर्व) का अवसरमा याक्थुङ

SITENAME

सोमराज गुरुङको मृत्यु प्रकरणमा श्रीमती र एक पुरुषको संलग्नता

रेडियो ताप्लेजुङ मंसिर १ गते । कार्तिक २४ गते रातिको समयमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित क्याम्पस लाइनमा मृत अवस्थामा भेटिएका एक

SITENAME

पाथीभरामा कार्तिकमा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन

रेडियो ताप्लेजुङ मंसिर १ गते ।कार्तिक महिनामा ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। उल्लेख्य