ताप्लेजुङमा रास्वपाको र्यापिड एक्सन टिम गठन

रेडियो ताप्लेजुङ
असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल जन्नु इनमा विशेष कार्यक्रमका बीच २५ सदस्यीय जिल्लास्तरीय टिम गठन गरिएको हो।
नवगठित एक्सन टिमको संयोजकमा टिका फुरुम्बो लिम्बु, सहसंयोजकद्वयमा प्रताप गुरुङ र अमृता तामाङ, सचिवमा सागर गौतम तथा सहसचिवमा विपुल कार्की र निश्चल बस्नेत रहेका छन्। अन्य सदस्यसहित २५ सदस्यीय समिति गठन गरिएको हो।
त्यस्तै, फुङ्लिङ नगरपालिकामा प्रकाश विश्वकर्माको संयोजकत्वमा पालिकास्तरीय टिमसमेत गठन गरिएको छ भने केही पालिकामा तत्कालका लागि संयोजक तोकिएको छ। जिल्लाको सिरिजङ्घा, पाथीभरा याङवरक, फक्ताङलुङ, मिक्वाखोला, मैवाखोला र मेरिङदेन गाउँपालिकाका लागि संयोजक तोकिएको हो।
छिट्टै नै अन्य पालिकामा समेत पालिकास्तरीय टिम निर्माण गर्ने तयारी रहेको रास्वपा ताप्लेजुङले जनाएको छ।
रास्वपा ताप्लेजुङका जिल्ला सचिव लिलाराज पौडेलका अनुसार समाजमा आइपर्ने आकस्मिक विपद्का घटनामा युवालाई तुरुन्त परिचालन गर्न तथा पार्टीका विविध गतिविधिमा युवाको संलग्नता बढाउन टिम गठन गरिएको हो।
‘हामी आउँदै छौँ अभियान २०८३’ का लागि ताप्लेजुङ प्रतिनिधि तथा रास्वपा सांसद लालविक्रम थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
रास्वपाको विधान अनुसार टिमको मुख्य कामहरूमा विपतमा उद्धार तथा राहत,दुर्घटनामा सहयोग ,विकृति र विसंगति विरुद्ध खबरदारी,सामाजिक सेवाका काम आदी पर्दछ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना
रेडियो ताप्लेजुङ असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको

ताप्लेजुङ अस्पतालको निर्माणाधीन भवनको विषयमा चाँडै निर्णय लिन्छौँ : सांसद थापा
रेडियो ताप्लेजुङ असोज २७ गते । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान २०८३’ अन्तर्गत ताप्लेजुङ

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा







प्रतिकृया दिनुहोस