ताजा खबर

 दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग 

SITENAME

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली 

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित पीडितहरूलाई बिहीबार ३ लाख ५२ हजार बढी आर्थिक सहयोग प्राप्त भएको छ। मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ .किलिङ घर भै हाल अमेरिकामा कार्यरत सोनाम डोमा शेर्पा ,ओङदी शेर्पा तथा तोक्पेगोला स्पोर्ट्सको विशेष पहलमा सङ्कलित रकम अग्नि पीडितहरूलाई हस्तान्तरण गरिएको हो। मेरिङदेन गाउँपालिका ३ नम्बर वडा अध्यक्ष गजेन्द्र कुमार  नाल्बोको  रोहबरमा १६ परिवारलाई २२ हजारका दरले ३ लाख ५२ हजार ५०० सहयोग प्राप्त भएको मेरिङदेन गाउँपालिकाले जनाएको छ। पालिका अन्तर्गत विपद व्यवस्थापन समितिका अनुसार बुधबार पतञ्जलि योग नेपाल ताप्लेजुङले १८ हजार ४०० आर्थिक सहयोग गरेको थियो। गत असोज ८ गते दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षेत्रका १० घर जलेर नष्ट भएका छन् भने करोडौँको क्षति भएको छ। पीडितको पुनरुत्थानका लागि सहयोग गरिदिन पालिकाले सम्पूर्णमा आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

तमोर महिला कृषि सहकारी संस्थाको सत्रौँ साधारण सभा सम्पन्न, नवनिर्मित भवनको उद्‌घाटन

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली  ताप्लेजुङ सदरमुकाम स्थित फुङ्लिङमा रहेको तमोर महिला कृषि सहकारी संस्थाले आज आफ्नो सत्रौँ साधारण सभा

SITENAME

फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक

SITENAME

ताप्लेजुङमा रास्वपाको र्‍यापिड एक्सन टिम गठन

रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्‍यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल