ताजा खबर

पाथीभरा दर्शनार्थीको सङ्ख्यामा कमी आयो

SITENAME

रेडियो ताप्लेजुङ


असोज ३० गते ।नवरात्रको समयमा अधिक भिड हुने ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ। 
हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेकामा अन्धशुक्ल  परेकाले  हाल सयौँको सङ्ख्यामा मात्रै दर्शनार्थीहरु आइरहेका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । 
" भाकल गरेका दर्शनार्थीले अन्धसुक्लका बेला  भाकल लिएर गएमा पूरा नहुने मान्यताका कारण यो समयमा दर्शनार्थीहरूको उपस्थिति छैन, भाकल नभई पूजाका लागि आउने भक्तजनहरू भने आइरहनुभएको छ। । " महतले भन्नुभयो । 
माथिल्लो फेदी क्षेत्रमा तीर्थयात्रीहरूको चहलपहललाई हेरेर बताउने हो भने आज ५०० देखि ६०० जनासम्म भक्तजन आउन सक्ने उहाँको भनाइ छ।विगतका वर्षहरूको तुलनामा सदरमुकाम फङ्लिङमासमेत तीर्थयात्रीको चहलपहल कम देखिएको छ । भ्याइ नभ्याई हुने यातायात व्यवसायीहरू समेत अहिले फुर्सदिला देखिन्छन् ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग

रेडियो ताप्लेजुङ असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मेरिङदेन

SITENAME

पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन

रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका

SITENAME

फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक