ताजा खबर

दसैँअघि जन्मगाउँमा गाडी पुर्‍याउन नसकेको भन्दै पालिका अध्यक्षद्वारा क्षमायाचना

SITENAME

रेडियो ताप्लेजुङ


असोज ३१ गते । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै क्षमा माग्नुभएको छ।

आफ्नो जन्मगाउँ फक्ताङ्लुङ–४, इखाबुको साप्चुङ्वासम्म दसैँअघि नै गाडी पुर्‍याउने प्रतिबद्धता रहे पनि निरन्तरको प्रयासका बाबजुद पूरा गर्न नसकेको भन्दै लिम्बूले सामाजिक सञ्जालमार्फत क्षमा माग्नुभएको हो।

“बर्सातको भलपानीले क्षतविक्षत बनाएको कृषि सडक सफा तथा मर्मत गर्दै अघि बढ्दा समय र परिस्थितिले साथ दिएन। मेसिनले अपेक्षाअनुसार काम गर्न नसक्नु र दसैँका कारण कर्मचारीहरू घर फर्कनुपर्ने अवस्थाले पनि काम प्रभावित भयो,” उहाँले लेख्नुभएको छ।

पालिका अध्यक्ष लिम्बूका अनुसार दसैँलगत्तै सडक जोड्ने काम पुनः सुरु गरिनेछ। उक्त क्षेत्रको भूगोल कठिन र चुनौती अनेक रहे पनि इच्छाशक्ति, निरन्तर प्रयास र सामूहिक सहकार्यले असम्भवलाई सम्भव बनाउने उहाँले उल्लेख गर्नुभएको छ।

“म प्रचारभन्दा परिणाममा, बहानाभन्दा जिम्मेवारीमा र आश्वासनभन्दा काममा विश्वास गर्छु। समयमा पूरा गर्न नसकेको प्रतिबद्धताप्रति फेरि पनि क्षमा माग्छु। बाँकी काम पूरा गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु,” लिम्बूले भन्नुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

दसैँअघि जन्मगाउँमा गाडी पुर्‍याउन नसकेको भन्दै पालिका अध्यक्षद्वारा क्षमायाचना

रेडियो ताप्लेजुङ असोज ३१ गते । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै क्षमा माग्नुभएको

SITENAME

संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै

रेडियो ताप्लेजुङ असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत

SITENAME

दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग

रेडियो ताप्लेजुङ असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मेरिङदेन