ताजा खबर

फुङ्लिङसहितका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, समस्या पहिचान गर्न प्राधिकरणको टोली फिल्डमा

SITENAME

किरण गदाइली

ताप्लेजुङ, कार्तिक १६ गते । अमरपुरदेखि हिटी सबस्टेसन आउने ३३ केभी मुख्य लाइनमा ओभर करेन्ट फेस फल्ट हुँदा गए रातिदेखि ताप्लेजुङको हिटी सबस्टेसनबाट वितरण हुँदै आएको विद्युत् सेवा अवरुद्ध भएको छ।

रातिदेखि नै विद्युत् सेवा सुचारु गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ। सोमबार बिहानैदेखि प्राविधिक टोली समस्या पहिचानका लागि फिल्डमा खटिएको ताप्लेजुङ वितरण केन्द्रका कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो।

"अहिले हामी फल्ट खोज्दै सेसम्बु पुगेका छौँ। यहाँबाट काबेलीसम्म पुग्नुपर्ने हुन्छ। त्यसबीचमा पनि फल्ट भेटिएन भने जङ्गलको बाटो हुँदै अमरपुर सबस्टेसनसम्मै खोज्नुपर्ने हुन्छ," उहाँले रेडियो ताप्लेजुङसँग भन्नुभयो।

समस्या पत्ता लाग्नेबित्तिकै विद्युत् सेवा सुचारु गरिने उहाँले बताउनुभयो। "अहिलेलाई यति बजेसम्म विद्युत् सेवा सुचारु हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। समस्या भेटिनेबित्तिकै सेवा सञ्चालन गर्ने तयारीमा हाम्रो टोली लागेको छ," प्रमुख श्रेष्ठले भन्नुभयो।

उक्त फिडरमा समस्या आएपछि सदरमुकाम फुङ्लिङसहित आठराई त्रिवेणी, मैवाखोला, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा गए रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।*तस्बीर:एआई जेनेरेटेड

 


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

खेवाङ खेलकुद महोत्सवको तयारी पूरा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, कार्तिक १५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा सोमबारदेखि सञ्चालन हुने खेवाङ खेलकुद महोत्सव २०८३ को

SITENAME

ताप्लेजुङका नागरिकले भक्तपुर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाउने

रेडियो ताप्लेजुङ कार्तिक १४गते । नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ । संघीय राजधानी काठमाडौंउपत्यकामा

SITENAME

अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरेका ८ हजार मिटरमाथिका ६ हिमालमध्ये ४ ताप्लेजुङका

आनन्द गौतम ताप्लेजुङ कार्तिक १३ - नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएको