ताजा खबर

खेवाङ खेलकुद महोत्सवमा आज महिला भलिबल र पुरुष फुटबल हुँदै

SITENAME

रेडियो ताप्लेजुङ



कार्तिक १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ स्पोर्टिङ क्लबको खेलमैदानमा जारी खेवाङ खेलकुद महोत्सवमा आज महिला भलिबल र पुरुष फुटबल प्रतियोगिता हुँदैछन्।
आयोजक खेवाङ स्पोर्टिङ क्लबका अनुसार महिला भलिबलतर्फ आजको पहिलो खेल सुरुङखिम र पेदाङबीच हुनेछ। यी दुई टोलीबीचको विजेताले मामाङ्खेसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समूह ‘बी’ अन्तर्गत याङपाङ र खेवाङबीच खेल हुनेछ। यी दुई टोलीमध्ये विजेताले सेमिफाइनलमा मेहलेसँग प्रतिस्पर्धा गर्नेछ।
यसैगरी, आजदेखि प्रतियोगिताको प्रतीक्षित पुरुष फुटबल पनि सुरु हुँदैछ। दिउँसो १ बजे नेना कम्पनी प्राइभेट लिमिटेड खेवाङ र आँखोप युवा समाजबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दिउँसो ३ बजे कञ्चनजङ्घा स्पोर्टिङ क्लब याम्फुदिन र पेदाङ स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्।
महोत्सवअन्तर्गत हाफ म्याराथन  प्रतियोगिताको समापनको दिन अर्थात् कार्तिक २१ गते सञ्चालन हुनेछ।खेलकुदका माध्यमबाट खेवाङको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

पाथीभरामा भक्तजनको अत्यधिक भीड, १३ वटा लाइन बनाएर दर्शनको व्यवस्था

किरण गदाइली ताप्लेजुङ, कार्तिक १७ गते  ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज भक्तजनको अत्यधिक भीड लागेको छ। मन्दिर परिसरमा

SITENAME

पाथीभरामा भक्तजनको अत्यधिक भीड, १३ वटा लाइन बनाएर दर्शनको व्यवस्था

किरण गदाइली ताप्लेजुङ, कार्तिक १७ गते  ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज भक्तजनको अत्यधिक भीड लागेको छ। मन्दिर परिसरमा

SITENAME

संविधानसभा सदस्य मादेन, पूर्वउपाध्यक्ष ताम्लिङसहित सयौं श्रम संस्कृति पार्टीमा प्रवेश

रेडियो ताप्लेजुङ ताप्लेजुङ, कार्तिक १६ गते । श्रम संस्कृति पार्टीको स्थापना दिवसको अवसरमा ताप्लेजुङमा संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा