ताजा खबर

तिहारमा विद्युत् समस्या हुन नदिने गरी तयारी अवस्थामा छौँ : ताप्लेजुङ वितरण केन्द्र

SITENAME


किरण गदाइली
ताप्लेजुङ, कार्तिक १८ गते ।

नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले तिहारका समयमा विद्युत् आपूर्तिमा समस्या हुन नदिन आवश्यक तयारी गरेको जनाएको छ।

वितरण केन्द्रका प्रमुख उमेश श्रेष्ठले जिल्लाका अधिकांश फिडरमा बुस कटिङको काम सम्पन्न भएकाले रुखका हाँगाबिँगाका कारण विद्युत् परिपथमा आउने समस्या धेरै हदसम्म समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ।

सुगम क्षेत्रको तुलनामा ताप्लेजुङमा तिहारका समयमा पनि विद्युत् खपत कम हुने भएकाले ओभरलोडका कारण समस्या नआउने उहाँको भनाइ छ।

“सहरी क्षेत्रमा जस्तो हाम्रोमा धेरै विद्युत् खपत हुँदैन। ताप्लेजुङमा बढीमा ६५ एम्पियरसम्म मात्रै विद्युत् खपत हुने भएकाले ओभरलोड भएर समस्या आउँछ कि भनेर चिन्ता लिनुपर्ने अवस्था छैन,” उहाँले रेडियो ताप्लेजुङसँग भन्नुभयो।

दीपावलीका समयमा कतै विद्युत् आपूर्तिमा समस्या आएमा तत्काल समाधान गर्न आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिने पनि उहाँले जानकारी दिनुभएको छ।

यसैबीच, अमरपुरदेखि हिटी सबस्टेसनसम्मको विद्युत् प्रसारण लाइनको केही क्षेत्रमा करिब १५ दिनअघि नै बुस कटिङ गरिएको प्राधिकरणले जनाएको छ। केही दिनअघि विद्युत् परिपथमा समस्या आएर सेवा अवरुद्ध भएपछि बाँकी क्षेत्रमा पनि आज बिहान बुस कटिङ गरिएको कार्यालयले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

नागरिकताको प्रतिलिपि प्रक्रियाबारे ताप्लेजुङ प्रशासनले गरायो अवगत

रेडियो ताप्लेजुङ कार्तिक १८ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक

SITENAME

यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर

रेडियो ताप्लेजुङ  कार्तिक १७ गते ।  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर

SITENAME

एकै दिन साढे १० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन

रेडियो ताप्लेजुङ कार्तिक १७ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास