स्थानीय र प्रदेश तहको निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन्छ : नेकपा नेता आङ्बो

रेडियो ताप्लेजुङ
कार्तिक २९ गते ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा )का कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बो ( मौसम )ले अबको स्थानीय तथा प्रदेश तहको निर्वाचनमा वामपन्थी शक्तिहरूबीच सहकार्य हुने बताउनुभएको छ।
नेकपाले आइतबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आङ्बोले सरकारका कदमहरू विरुद्ध खबरदारी गर्न सबै दलहरूसँग कार्यगत सहकार्य गरेता पनि निर्वाचनमा भने वामपन्थी दलसँग सहकार्य गर्ने बताउनुभयो।अहिलेसम्म वामपन्थी शक्तिहरू बीच पार्टी नै एकता गर्ने भन्ने विषय भने अघि बढी नसकेको उहाँले उल्लेख गर्नुभयो।
स्थानीय तह ,प्रदेशलाई नियन्त्रणमा राखेर राष्ट्रिय सभामा पनि बलियो उपस्थितिका लागि कार्यगत सहकार्य गरिने उहाँको अभिव्यक्ति थियो ।
कोशी प्रदेशका विभिन्न ११ वटा भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिएको विषयलाई ऐतिहासिक कदम भएको बताउँदै आङ्बोले आदिवासी जनजातिका भाषाहरू लोप भएर जान सक्ने खतरा हुन नदिन प्रदेश सरकार ऐतिहासिक कदम चाल्न सफल भएको दाबी गर्नुभयो।
कोशी प्रदेश नामाङ्कनमा आफ्नो पार्टीको समेत सहमति रहेको स्वीकार गर्दै जनमानसमा र उब्जिएको असन्तुष्टिलाई सम्बोधन गरेर प्रदेशको पुनःनामाङ्कन समेत गर्न सकिनेसमेत उहाँले बताउनुभयो ।त्यसका लागि कम्युनिष्ट शक्तिहरूले नै पहल गर्नुपर्ने उहाँको तर्क छ।
फरक प्रसङ्गमा बोल्दै आङ्बोले आफू प्रदेशको मन्त्री हुँदा प्राथमिकतामा रहेका ताप्लेजुङका केही योजनाहरूको दुरावस्था रहेको भन्दै दुखेसो व्यक्त गर्नुभयो ।
सुकेटार - काफ्ले पार्टी सडक र पाथिभरा लिफ्टिङको बिजोक अवस्था देखिएको भन्दै उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
आफ्नो पार्टी प्रदेश सत्ता साझेदार दल समेत रहेकाले यस विषयमा पहल गर्नुपर्ने जिम्मेवारी रहेको उहाँले उल्लेख गर्नुभयो।
..jpeg)
श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ ताप्लेजुङको हाङपाङमा, पालिका अध्यक्षद्वारा स्वागत
रेडियो ताप्लेजुङ कार्तिक २९ गते ।श्रम संस्कृति पार्टीले आइतबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङमा हातेमालो तथा पार्टी प्रवेश

ताप्लेजुङ र डिङजे काउन्टीका सुरक्षा अधिकारी बीच तय भएको सीमा सुरक्षा बैठक स्थगित
आनन्द गौतम ताप्लेजुङ ,कार्तिक २९ गते ।नेपालको ताप्लेजुङ र चीनको डिङजे काउण्टीका सीमा सुरक्षा अधिकारीबीच मंसिर ३ गतेका लागि तय भएको द्विदेशीय सीमा
..jpeg)
ताप्लेजुङ फुटबल टोली खोटाङसँग पराजित
रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पहिलो खेलमै

..jpeg)


..jpeg)


प्रतिकृया दिनुहोस