ताप्लेजुङ र डिङजे काउन्टीका सुरक्षा अधिकारी बीच तय भएको सीमा सुरक्षा बैठक स्थगित

आनन्द गौतम
ताप्लेजुङ ,कार्तिक २९ गते ।नेपालको ताप्लेजुङ र चीनको डिङजे काउण्टीका सीमा सुरक्षा अधिकारीबीच मंसिर ३ गतेका लागि तय भएको द्विदेशीय सीमा सुरक्षा बैठक स्थगित हुने भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला र चिनको स्वशासित क्षेत्र तिब्बतको डिङजे काउण्टीको सीमावर्ती क्षेत्र टिपताला भन्ज्याङमा परेको हिमपातका कारण सीमा बैठक स्थगित गर्नु परेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जानकारी दिएका छन् ।
‘औपचारिक निर्णयचाहिँ भोलि सोमबार गछौँ,’ दाहालले भने, ‘तर, सीमा बैठकचाहिँ अहिलेलाई स्थगित गर्ने टुङ्गोमा पुग्यौँ ।’
५३ सय मिटर उचाइमा रहेको टिपताला भन्ज्याङ क्षेत्रमा अहिले ट्याम्म हिउँ जमेको ओलाङचुङगोलामा तेन्जिङ शेर्पा बताउँछन् ।
‘उता चाइनातिर पनि सडक पुरै ढाक्नेगरी तलैसम्म हिउँ परेको छ रे,’ तेन्जिङले भने, ‘यता हाम्रो तिर (ओलाङचुङगोला क्षेत्र) मा पनि हिउँ टिपताला भन्ज्याङको तलैसम्म परेको छ ।’
यो मार्ग तत्काल प्रयोग गर्न सक्ने अवस्था नभएकाले बैठक स्थगनको निर्णय गर्नुपर्ने अवस्था भएको दाहालले बताए ।
ताप्लेजुङमा पहिलो पटक चिनियाँ अधिकारीसँग बैठक हुन लागेको थियो । यसअघि बिभिन्न समयमा ताप्लेजुङका सुरक्षा अधिकारी भनें चिनको रिउ र घुम्तिमामा पुगेर सीमा बैठकमा सहभागी भएका थिए ।
यस पटक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमानै आयोजना गरेर चिनिँया सुरक्षा अधिकारीलाई आमन्त्रण गरिएको थियो ।
चिनिया अधिकारीलेपनि आउनकालागि तयारी गरेको तर मौसमका कारण तत्कालको सम्भावना टरेको फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् ।
..jpeg)
श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ ताप्लेजुङको हाङपाङमा, पालिका अध्यक्षद्वारा स्वागत
रेडियो ताप्लेजुङ कार्तिक २९ गते ।श्रम संस्कृति पार्टीले आइतबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङमा हातेमालो तथा पार्टी प्रवेश

स्थानीय र प्रदेश तहको निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन्छ : नेकपा नेता आङ्बो
रेडियो ताप्लेजुङ कार्तिक २९ गते ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा )का कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बो ( मौसम )ले अबको
..jpeg)
ताप्लेजुङ फुटबल टोली खोटाङसँग पराजित
रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पहिलो खेलमै

..jpeg)


..jpeg)


प्रतिकृया दिनुहोस