ताजा खबर

श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ ताप्लेजुङको हाङपाङमा, पालिका अध्यक्षद्वारा स्वागत

SITENAME

रेडियो ताप्लेजुङ

कार्तिक २९ गते ।श्रम संस्कृति पार्टीले आइतबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङमा हातेमालो तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ७५ जनाभन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको बताइएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ कार्यक्रमलाई सम्बोधन गर्न हाङपाङ पुग्नुभएको थियो।

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन पोमुले अध्यक्ष साम्पाङलाई स्वागत गर्दै स्थानीय तहका समस्या संसद्मा जोडतोडका साथ उठाउन आग्रह गर्नुभयो।

साम्पाङले साढे तीन वर्ष स्थानीय तहमा काम गरिसकेको उल्लेख गर्दै उहाँ स्थानीय तहका समस्या  बुझेको नेता भएको बताउनुभयो।

आफ्नो पालिकाले पालिकावासीलाई निःशुल्क विद्युत् उपलब्ध गराइरहेको भए पनि केन्द्र सरकारले ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तालाई करको भार थोपरेको भन्दै अध्यक्ष पोमुले असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले यस्ता विषयमा संसद्मा सशक्त रूपमा आवाज उठाउन  साम्पाङलाई आग्रह गर्नुभएको हो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङ र डिङजे काउन्टीका सुरक्षा अधिकारी बीच तय भएको सीमा सुरक्षा बैठक स्थगित

आनन्द गौतम ताप्लेजुङ ,कार्तिक २९ गते ।नेपालको ताप्लेजुङ र चीनको डिङजे काउण्टीका सीमा सुरक्षा अधिकारीबीच मंसिर ३ गतेका लागि तय भएको द्विदेशीय सीमा

SITENAME

स्थानीय र प्रदेश तहको निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन्छ : नेकपा नेता आङ्बो

रेडियो ताप्लेजुङ  कार्तिक २९ गते ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा )का कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बो ( मौसम )ले अबको

SITENAME

ताप्लेजुङ फुटबल टोली खोटाङसँग पराजित

रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पहिलो खेलमै