चासोक तङनाम : ताप्लेजुङमा वृद्धवृद्धालाई सम्मानसहित विविध कार्यक्रम
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर १ गते । किराँत लिम्बू समुदायले नयाँ बाली पाकेपछि भित्र्याउने समयमा मनाउने चासोक तङनाम (न्वागी पर्व) का अवसरमा याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङ र युमासाम्यो महासभा ताप्लेजुङले आज सदरमुकाम फुङ्लिङमा संयुक्तरुपमा विभिन्न कार्यक्रम गरेका छन्।
कार्यक्रमअन्तर्गत फुङ्लिङ नगरपालिकाभित्रका लिम्बु समुदायका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
याक्थुङ चुम्लुङ जिल्ला शाखाकी अध्यक्ष हाङमाया लेछर्बोका अनुसार १५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने लक्ष्यसहित आयोजकले सम्पर्कमा आउन आह्वान गरेको थियो। सोही क्रममा सम्पर्कमा आएका १३ जना पुरुष र दुई जना महिला गरी १५ जना लिम्बू समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको उहाँले बताउनुभयो।
सदरमुकामस्थित एक होटलमा आयोजित कार्यक्रममा चासोक पूजा गर्नुका साथै लिम्बू जातिमा आधारित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ
..jpeg)
सोमराज गुरुङको मृत्यु प्रकरणमा श्रीमती र एक पुरुषको संलग्नता
रेडियो ताप्लेजुङ मंसिर १ गते । कार्तिक २४ गते रातिको समयमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित क्याम्पस लाइनमा मृत अवस्थामा भेटिएका एक
..jpeg)
पाथीभरामा कार्तिकमा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन
रेडियो ताप्लेजुङ मंसिर १ गते ।कार्तिक महिनामा ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। उल्लेख्य

१३ वर्षअघि अदालतले फैसला सुनाई फरार रहेका प्रतिवादी ताप्लेजुङ प्रहरीको नियन्त्रणमा
रेडियो ताप्लेजुङ मङ्सिर १ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिइ अदालतमा उपलब्ध

..jpeg)
..jpeg)
..jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस