ताजा खबर

आसराजको पालाम मिम्जिफु³ सार्वजानिक

RadioTaplajung

माला पालु³वा ताप्लेजु³,जेठ  गते । लिम्बु संस्कृतिप्रेमि तथा पालम गायक आसराज बोखिमले हालै मिम्जिफु³नामक पालमको म्युजिक भिडियो सार्वजनिक गर्नु भएकोछ । लिम्बु संस्कृतिको संरक्षणमा सदैव क्रियाशिल बोखिमले केहि समय अघिमात्र नयाँ म्युजिक भिडियो सार्वजानिक गर्नु भएको हो । बेलायतमा बस्दै आउनु भएको गायक बोखिमले मिम्जिफु³ पालमको सुटि³ भने प्रदेश नंम्बर १ अन्तरर्गत लिम्बुवानी भूमिहरुका दृश्य कैद गर्नु भएकोछ । २१ मिनेट लामो भिडियोमा लिम्बुभाषा,संस्कार संस्कृति तथा समग्र लिम्बुवानी महिला पुरुष विचको माया,प्रेम,मिलन विछोड विचको पेरिफेरीमा घुमिरहेको भेट्न सकिन्छ । मिम्जिफु³मा “मिम्जीफुङ पिरु³िले ताक्तुवाहा,कुसा³्धो केक्छु पातुवाहा” पालमको भिडियो सार्वजानिक भएको हो ।

२०२२ सालमा ताप्लेजु³को श्रीज³गा गाउँपालिका साविक सिकैचा गाविसको कुन्जारीमा जन्मनु भएको बोखिमपूर्वी भेगका आम लिम्बुवान तन्नेरीहरु झैकलिलो उमेर वेलायती सेनाको जागीरमा भर्ति हुनुभयो । भर्ती नगई आफ्नो गाउँ, ठाउँमा वस्दा रहदा पनि गीत, संगीतमा रुची राख्ने आसराज वोखिम स्वरिलो स्वरमा पालाम भनेर तरुनीहरुसँग धान नाच्नु हून्थ्यो । कलिलो उमेर,सेनाको जागिरर विदेशी भूमीमा सहजता त थिएन नै तर पनिगाउँघर, मेलापात, साथीसंगीर मेला बजारमा नाचिने याक्लाक् सम्झेर जसोतसो समयहरु वित्दै गए । जतिजति समय विथ्यो त्यतिनै आफ्नो भाषा,संस्कृतिको यादले सधै झस्काई रहन्थ्यो गायक बोखिमलाई ।

त्यसैले त गायक बोखिम विदाको समयमा घर फर्कदा आम लाहुरे जस्तो रबाफिलो ब्यावहार कहिले गरेन । घर फर्कदा अरुण पूर्वको नौ जिल्ला तथा लिम्बुवान भूमिहरुमा पालाम तथा लिम्बुवान संस्कृतिका बारेमा जानकारसंग कुराकानी गर्ने, जानकारी लिने साथैटेप रेकर्डरमा पालम भरेर पुन पल्टन फर्कनु हन्थ्यो ।विदेशी भूमिकर्मथलो बनाएका गायक बोखिमले विदेशमा रहेरपनि थुप्रै पालन गाउदै आउनु भएको छ । चर्चामा खासै आउन नचाहनुहुने गायक बोखिममा पालमलाई जिवन्त राख्न र खाटि रुपमा प्रस्तुत गर्न सक्नु उहाको विषेता रहेको छ । दर्जन बढि पालममा स्वर भर्नु भएको बोखिमले हालसालै आफनै लगानीमा मिम्जिफु³ पालम तथा भिडियो सार्वजानिक गर्न भएको हो । मिम्जिफु³ भिडियोमा लिम्बुवान भूमिमा गाइने तथा नाचिने पालमा समेटिएका छन् । मिम्जिफु³का शब्द सर्जक सुवर्ण नेम्बा³ लिम्बु संगितिक क्षेत्रका एक नक्षत्र हुनुहन्छ । उहाले लिम्बुवानीबासीको मनोदशालाई संगितका माध्यमबाट घाम जस्तै छल³्ग पार्न सक्ने शब्दहरु गुथ्नुहुन्छ ।

यस मिम्जिफु³मा नेम्बा³ले लिम्बुवानी क्षेत्रका पुरुष महिला विचको प्रेम माया र विछोडका पिडामा शब्दहरु गुँथ्नु भएको छ । अरु धेरै गित संगितमा संयोगान्त भाव प्रकट हुने गरेपनि रचयता नेम्बा³ले यस मिम्जिफु³मा भने वियोगान्त चरित्रलाई बढवा दिएर र्दशक तथा स्रोतालाई भावविहल बनाएको पाइन्छ । यस पालाम मिम्जीफुङमा लिड स्वर असराज बोखिम कै रहेको छ भने गायीका मनु नेम्वाङले स्वरमा सहायक भुमिका निर्वाह गरेकी छिन् । दिप केरुङले प्रमुख नायक पात्रको भुमिका निर्वाह गरेको छ । उनले आफ्नो पहिलो प्रेमीकाको यादमा भावविहल भई अर्की पे्रमीकालाई पुर्व प्रेमीकाको याद आइरहने अनुभुतीलाई सुनाएको छ । पूर्व प्रेमीकाको यादमा आँसु झार्दै दिप केरुङले बास्तपमा चोखो पिरतीमा धोका भएमा त्यही माया काँडा वनेर विजाउँदो रहेछ,आगो वनेर पोल्दो रहेछ र कठोर पुरुष ह्दय पनि पग्लीदो रहेछ । जस्ले आँखाबाट आँसुको भेल ओर्लदो रहेछ भन्ने यर्थाथ चित्रण प्रस्तुत गरेको छ,भने मनुताले दिपलाई पुरानो मायालाई विर्षिदेउ दुनीया सम्झेर मन बुझाउ भनी सम्झाउने भुमिका निर्वाह गरेकी छिन् । अर्की प्रमुख नाईका संगीता लावती आफ्नो पुर्व मायालुलाई सम्झी उस्को यादमा धर्धरी रोएको यर्थाथ चित्रण प्रस्तुत गरेकीछिन् । संगीताले अर्को तन्देरीसँग घरजम गरे पनि पहिलो प्रेम दिपसँगको मायाले संगीतालाई सत्ताई रहको चित्रण प्रस्तुत गरेको छ । लिम्बुनी तरुनीहरु आफुलाई मन परेको र रोजेको तन्देरीसँग घरजम गर्न नपाई विबिध कारणले अर्कोसँग घरजम गर्दा उनीहरुले पूर्व प्रेमको यादमा तड्पी तड्पी बाँच्नु पर्ने, मनभरी, आँखा भरी पूर्व प्रेमको माया बोकी अर्कासँग जीउनु पर्ने, मेलापात,दाउरा घाँस गर्दा पनि सम्झना र यादले सत्ताई रहने, जसको कारण भक्कानीएर रुनु पर्ने जस्ता लिम्बुनी नारीहरुको मनोदशा चित्रण गर्ने नाईका संगीता भक्कानीएर रुदै कलात्मक अभिनय प्रस्तुत गरेकी छिन् ।  कार्यकारी निर्देशक देउकृष्ण लिँखा र निर्देशक विक्रम वनेम फागोको निर्देशनमा, सोम मगरातीको कलात्मक श्रृँगार र युवराज राईको छायाङकनमा यो पालाम मिम्जीफुङले पूर्ण रुपमा पाएको छ ।

यति मात्र नभएर मिम्जिफु³मा दश लिम्बु सत्रथुमका विभिन्न चरित्रहरुलाई चित्रण गरेका पाइन्छ । लिम्बुवान क्षेत्रमा रहेका परम्परागत भेषभुषमात्र नभएर लिम्बुसंस्कारमा रहेको गरगहना,प्रगोग गर्ने भाँडा पर्तन साथै ख्याल ठटालाई चित्रण गरिएको भेट्न सकिन्छ । ऐतिहासिक स्थल विजयपुर दरबार,चुम्ल³हिमर लिम्बुवानी अनुहारलाई पहिचान गरी पात्र चयनले मिम्जिफु³लाई थप विशेषता प्रदान गरेकोे छ । धान नाच (याक्लाक) भन्नाले लिम्बु संस्कार अनुसार हाटबजार, मेला,सुख दःुखको समयमा साइनो नलाग्ने संग हातमाहात राखेन नाच्न सकिने नाच हो ।यो कुनै एक जोडी प्रेम प्रेमिका विचमा मात्र नाचिन नाच होइन भनेरमिम्जिफु³बाट थप दर्शक स्रोतालाई स्पस्ट पार्न खोजिएको पाइन्छ । लिम्बवानी माया प्रेम युगयुगसम्म हुन्छभन्ने गरेपनि यस मिम्जिफु³मा भने प्रेम प्रेमिका विचको विछोडले लिम्बुवानी मायालाई कमजोर बनाएको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण