ताजा खबर

वर्षका ६ हिट फिल्मः कसले कति कमाए ?

RadioTaplajung

वर्षका ६ हिट फिल्मः कसले कति कमाए ?
वैसाख २ गते । नेपाली चलचित्रको व्यापार झट्ट हेर्दा निकै कहालीलाग्दो देखिन्छ । वर्षभरीमा रिलिज हुने चलचित्रमध्ये करिब १० प्रतिशतले मात्र निर्मातालाई सुरक्षित राख्छन् ।

बजारले धान्नेभन्दा अत्यधिक संख्यामा चलचित्रहरु निर्माण भइरहेकाले लगानी उठाउन धौधौ पर्ने गरेको हो ।  विदेशी बजार आशातित रुपमा उँभो लाग्न सकेको छैन । औसत एक करोडको बजेटमा बन्ने फिल्मले स्वदेशी बजारबाट मात्र लगानी उठाउन करिब ४ करोडको कलेक्सन गर्नुपर्ने हुन्छ । जुन फलामको च्यूरा चपाए सरह हो ।

तर, राम्रो प्रचारप्रसार, कलाकारको राम्रो टिम, ठूलो ब्यानर, लोकप्रिय गीतसंगीत भएका चलचित्रलाई दर्शकले माया गरेका छन् । यो बर्ष पनि यस्तै विशेषता बोकेका केही चलचित्रले करोडौ कमाई गरे । यहाँ हामी स्वदेशी बजारमा गरेको कमाईका आधारमा सर्वाधिक चलेका १० फिल्मको चर्चा गर्दैछौं ।
१। छक्का पन्जा २

गतबर्षको सर्वाधिक हिट चलचित्र ‘छक्का पन्जा’को सिक्वेलको रुपमा रहेको चलचित्र ‘छक्का पन्जा २’ ले यो बर्ष सबैभन्दा धेरै कमाई गर्‍यो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, बर्षाराउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको अभिनय थियो ।

‘नाइलनको साडी’मा बोलको गीत विवादमा फस्दा यो फिल्मलाई नै फाइदा भयो । चलचित्रले १२ करोड हाराहारीको ग्रस कलेक्सन गरेको थियो । अघिल्लो चलचित्र ‘छक्का पन्जा’को करिब १६ करोडको रेकर्ड नतोडे पनि ‘छक्का पन्जा २’ यो बर्षको सर्वाधिक कमाउने चलचित्र बन्यो । यद्यपि समिक्षकको नजरमा चलचित्र गतिलो भने ठहरिएन ।
२। शत्रु गते

यो बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्रको रुपमा ‘शत्रु गते’ रह्यो । हाल तेश्रो सातामा पनि हलमा आक्रामक रुपमै चलिरहेको यो चलचित्रले पहिलो सातामा करिब ६ करोडको ग्रस कलेक्सन गरेको थियो । दोश्रो र तेश्रो साताको कमाई सार्वजनिक नभए पनि चलचित्रले १० करोड  हारहारीको व्यापार गर्ने पक्का छ ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्र सफल हुनुमा यसको कमेडी संवाद, रमाइलो कथा, ‘रुपै मोहनी’ बोलको गीत र कलाकारको जम्बो टोली नै मुख्य कारण मानियो ।
३। ए मेरो हजुर २

सुनिल कुमार थापाको निर्माण तथा नायिका झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ ले बक्स अफिसमा आक्रामक कमाई गर्‍यो । यो चलचित्रले बक्स अफिसमा करिब ६ करोडको ग्रस कलेक्शन गर्दा निर्माताले राम्रै मुनाफा गरे । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र चल्नुको पछाडि यसको प्रचार, कलाकार, ब्यानर र गीतसंगीतलाई मुख्य आधार मान्न सकिन्छ ।
४। म यस्तो गीत गाउँछु

यो बर्षको पहिलो क्लिन हिट चलचित्रमा ‘म यस्तो  गीत गाउँछु’ पर्दछ । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा थिए । यो चलचित्रले नेपालबाट करिब साढे ५ करोडको ग्रस कलेक्सन गर्न सफल भयो । यसले गर्दा, चलचित्रका निर्माता सुदर्शन थापा र सह(निर्माता पूजा शर्मालाई राम्रै नाफा भयो । चलचित्र चल्नुको मुख्य कारण कलाकार, सुपरहिट गीत, प्रचारलाई नै मान्न सकिन्छ ।
५। प्रेमगीत २

यो बर्षको अर्को सुपरहिट चलचित्र हो, ‘प्रेमगीत २’ । यो चलचित्रले पनि नेपालबाट ५ करोडभन्दा माथिको ग्रस कलेक्सन गर्‍यो । सन्तोष सेनको निर्माणमा रामशरण पाठकको निर्देशन रहेको यो चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा थिए । चलचित्र चल्नुको पछाडि यसको नामको ब्रान्ड, प्रदिपको स्टारडम, गीतसंगीत र आक्रामक प्रचारलाई मान्न सकिन्छ ।
६। २ रुपैयाँ

‘कुटुमा कुटु’ बोलको गीतले ‘२ रुपैयाँ’लाई चम्काइदियो । निश्चल बस्नेत र आसिफ शाहको मुख्य भूमिका रहेको यो चलचित्रले नेपालबाट करिब ४ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । चलचित्र चल्नुको मुख्य कारण ब्लकबस्टर गीतलाई नै मान्न सकिन्छ । चलचित्रको कमेडी कथालाई पनि दर्शकले रुचाए ।

माथि उल्लेख गरिएका ६ चलचित्र यो बर्षका क्लिन हिटको रुपमा देखिएका छन् । यी बाहेक अन्य केहि चलचित्र पनि छन्, जो हिट हुन नसके पनि निर्मातालाई मुश्किलले बचाएका छन् ।

नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ले नेपालबाट मात्र ६ करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको छ । तर, करिब ४ करोडको  बजेटमा बनेको कारणले गर्दा यो चलचित्रले नेपालबाटै मुनाफा भने कमाउन सकेन । यस्तै, ‘मिस्टर झोले, फाटेको जुत्ता, कान्छी, झ्यानाकुटी, मंगलम लगायतका चलचित्रले निर्माताको लगानी मुश्किलले बचाएका छन् । स्रोतः अनलाइनखबर

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण