इलाका प्रशासन कार्यालय तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा सुरु गर्यो
.jpeg)
रेडियो ताप्लेजुङ
असोज २० गते । इलाका प्रशासन कार्यालय ,तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा मङ्गलबारदेखि सुरु गरेको छ ।
हाललाई अफलाईन सेवा प्रदान गर्न थालिएको कायममुकायम शाखा अधिकृत श्यामलाल पन्थीले जानकारी दिनुभयो । नेपाल टेलिकमको इन्टरनेट जडान पश्चात अनलाइन सेवा सञ्चालन गरिने बताइएको छ ।
गत भाद्र ५ गतेदेखि सेवा प्रारम्भ गरेको कार्यालयले हालसम्म १९४ नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ।
यसरी सेवा लिनेमा ११८ जनाले नयाँ नागरिकता,७१ जनाले नागरिकता प्रतिलिपि,चारजनाले आदिवासी जनजाति सिफारिस र एकजनाले नाबालक परिचयपत्रको सेवा लिएका छन्।
जिल्लाका पूर्वी भागका सर्वसाधारणलाई प्रशासनिक सेवा सहज रूपमा पुर्याउन स्थापना गरिएको इलाका प्रशासन स्थापना भएपछि त्यस क्षेत्रका नागरिकहरू सदरमुकाम फुङ्लिङमा नागरिकता लगायत प्रशासनिक काममा आउनुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा राहधानीलगायत थप सेवा विस्तार गर्दै जाने प्रशासनले जानाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

ताप्लेजुङ प्रशासनमा श्रावणयता २७५ थान राहदानी आयो
रेडियो ताप्लेजुङ असोज २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले श्रावण १ गतेयता २७५ सेवाग्राहीका राहदानी राहदानी विभागबाट प्राप्त भएको

प्रसिद्ध शक्तिपीठ पाथीभरामा सयौँ भेडाको पूजा
रेडियो ताप्लेजुङ असोज १९ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा सोमबार सयौँ भेडाको पूजा गरिएको छ। पाथीभरा उत्पत्तिको किम्बदन्तीसँग जोडिएको भेडाको

पाथीभरा क्षेत्रमा असिना
रेडियो ताप्लेजुङ असोज १९ गते । पाथीभरा क्षेत्रमा सोमबार दिउँसो बाक्लो असिना परेको छ। केही दिनयता मौसम बदली तथा वर्षा भइरहेकोमा आज ३ बजेको समयमा

.jpeg)





..jpeg)
प्रतिकृया दिनुहोस