मिक्वाखोलाको पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन

रेडियो ताप्लेजुङ
असोज २३ गते । मिक्वाखोला गाउँपालिका–४ स्थित थलाङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन भएको छ। ६ करोड ७८ लाख ५३३ रुपैयाँ लागतमा निर्मित भवनको शुक्रबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो। शिलान्यास भएको ६ वर्षपछि भवनको उद्घाटन भएको हो। २०७८ साल असार ३० गते उक्त भवनको शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ।
भवन उद्घाटनका क्रममा जग्गादाता स्थानीयलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको छ। भवन निर्माणका लागि दुई–दुई रोपनीका दरले जग्गा दान गर्ने स्थानीय देउप्रसाद थलङ र शमशेर थलङलाई सम्मान गरिएको हो भने स्वर्गीय हेमराज थलङका पारिवारिक सदस्यलाई समेत सम्मान गरिएको बताइएको छ।
तिहारपछि अस्पतालबाट सेवा प्रवाह गर्ने उद्देश्यले कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभएको छ। जसका लागि पालिकाले सात जना कर्मचारी करार सेवामा पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमका अनुसार आठौँ तहका एक जना मेडिकल अधिकृत, पाँचौँ तहका एक जना स्टाफ नर्स, चौथो तहका दुई जना ल्याब असिस्टेन्ट र तीन जना कार्यालय सहयोगी नियुक्त गरिनेछ।
उक्त स्वास्थ्य संस्था सञ्चालनमा आएपछि करिब २० हजार नागरिकले स्वास्थ्य सेवा पाउने पालिका उपाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो।
अस्पताल सम्पन्न भएपछि ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउन सक्ने अपेक्षा गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

२ महिनामा ताप्लेजुङमा १० वटा लैङ्गिक हिंसाका घटनामा परामर्श सेवा
रेडियो ताप्लेजुङ असोज १२ गते । लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले ताप्लेजुङमा साउन र भदौ महिनामा १० वटा लैङ्गिक हिंसाका

अब फक्ताङलुङका नागरिकले एक्सरे सेवाका लागि सदरमुकाम जानु नपर्ने
रेडियो ताप्लेजुङ भाद्र २७ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकाले एक्सरे सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारबाट आधारभूत स्वास्थ्य चौकी

जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु
रेडियो ताप्लेजुङ भाद्र ८ गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि 'क्यूआर पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा




..jpeg)

..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस