ताप्लेजुङ अस्पतालको निर्माणाधीन भवनको विषयमा चाँडै निर्णय लिन्छौँ : सांसद थापा

रेडियो ताप्लेजुङ
असोज २७ गते । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान २०८३’ अन्तर्गत ताप्लेजुङ प्रतिनिधि लालविक्रम थापाले जिल्ला अस्पताल ताप्लेजुङको निर्माणाधीन भवनको लथालिङ्ग अवस्थाप्रति दुःख व्यक्त गर्नुभएको छ।
मङ्गलबार जिल्ला अस्पतालको अनुगमनमा पुग्नुभएका थापाले सरोकारवाला निकायसँग छलफल गरेर त्यस विषयमा चाँडै निकास निकाल्ने बताउनुभएको छ। “निर्माणले गति लिन नसकिरहेको रहेछ। यही अवस्था हो भने पचासौँ वर्षसम्ममा पनि निर्माण नहुने देखियो। सरोकारवाला निकायसँग छलफल गरेर सम्बन्धित ठेकेदारबाट ठेक्का तोडेर अघि बढ्न सकिन्छ या फरक बाटो अपनाउन सकिन्छ, त्यो गरेर अघि बढ्नुपर्ने देखियो,” उहाँले भन्नुभएको छ।
जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण थापा मगरले लथालिङ्ग स्थितिमा रहेको भवनको बारेमा पहल गरिदिन सांसद थापालाई आग्रह गर्नुभएको थियो। उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष विकास गौतमले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयसँग जोडिएको भएकाले सरकारले यथाशक्य पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो। साथै, उहाँले विगतको तुलनामा अस्पताल सेवामा सुधार देखिएको उल्लेख गर्नुभयो। “विगतको तुलनामा जिल्ला अस्पताल हाताभित्रको सेवासुविधामा केही सुधार आएको छ,” गौतमले सांसद थापासँग भन्नुभयो। सांसद थापाले समेत अस्पतालको सरसफाइ लगायतका विषयमा भने सकारात्मक प्रतिक्रिया जनाउनुभयो।
जिल्लाका विभिन्न पालिकाहरूमा अभियान लिएर पुग्नुभएका सांसद थापाले खासगरी जिल्लामा सडकको समस्या दयनीय पाएको बताउनुभयो। यी सबै विषयमा आजै सांसद थापाले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सरोकारवालाहरूसँग छलफलसमेत गर्नुभएको छ।
अभियानका लागि ताप्लेजुङ आउनुभएका सांसद थापाको सहभागितामा भोलि ताप्लेजुङमा उक्त पार्टीले ‘र्यापिड एक्सन टिम’ गठन गर्दै छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना
रेडियो ताप्लेजुङ असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

मिक्वाखोलाको पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन
रेडियो ताप्लेजुङ असोज २३ गते । मिक्वाखोला गाउँपालिका–४ स्थित थलाङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन भएको छ। ६ करोड ७८ लाख ५३३ रुपैयाँ








प्रतिकृया दिनुहोस