फुङ्लिङका बजार पसल कात्तिक २७ गतेसम्म शुक्रबार पनि खुला रहने

ताप्लेजुङ, असोज १४ गते । शुक्रबार बन्द हुँदै आएका ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बजार तथा पसल चाडपर्वलाई लक्षित गरी असोज १६ गतेदेखि कात्तिक २७ गतेसम्म शुक्रबार पनि खुला रहने भएका छन्।
उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले बुधबार सूचना जारी गर्दै चाडपर्वको समयमा उपभोक्तालाई सहज रूपमा किनमेल गर्ने वातावरण बनाउन शुक्रबार पनि बजार तथा पसल खुला राख्ने जनाएको हो।
सङ्घले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न, मूल्यमा एकरूपता कायम गर्न तथा सहुलियतपूर्ण कारोबारलाई प्रोत्साहन गर्न विशेष पहल गर्ने जनाएको छ। सोही सूचनामार्फत व्यवसायीहरूलाई चाडपर्वका बेला विस्फोटक पदार्थ खरिद नगर्नसमेत आग्रह गरिएको छ।
यसैगरी, सङ्घले मातहतका व्यवसायीलाई व्यवसाय नवीकरण तथा आयकर असोज मसान्तभित्र बुझाइसक्न आग्रह गरेको छ। असोज मसान्तसम्म नवीकरण तथा आयकर बुझाउने व्यवसायीलाई जरिवानामा छुट दिइने र त्यसपछि बुझाउनेलाई जरिवाना लाग्ने सङ्घले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख
रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार
..jpeg)
ताप्लेजुङमा खाद्यले चिनी पनि बिक्री गर्न थाल्यो, पर्याप्त मौज्दात रहेको जनाउ
किरण गदाइली ताप्लेजुङ,असोज १४ गते।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले सहुलियत मूल्यमा चिनीको बिक्री वितरण पनि सुरु गरेको

सानिमा बैंक ताप्लेजुङद्वारा माध्यमिक शिक्षा छात्रवृत्तिका लागि दुई विद्यार्थी छनोट
रेडियो ताप्लेजुङ भाद्र २६ गते ।सानिमा बैंक लिमिटेड ताप्लेजुङ शाखाले फुङ्लिङ नगरपालिकाका दुई जना गरिब तथा जेहेनदार विद्यार्थीलाई माध्यमिक शिक्षा

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस