पाथीभरा दर्शनार्थीको सङ्ख्यामा कमी आयो
..jpeg)
रेडियो ताप्लेजुङ
असोज ३० गते ।नवरात्रको समयमा अधिक भिड हुने ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ।
हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेकामा अन्धशुक्ल परेकाले हाल सयौँको सङ्ख्यामा मात्रै दर्शनार्थीहरु आइरहेका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।
" भाकल गरेका दर्शनार्थीले अन्धसुक्लका बेला भाकल लिएर गएमा पूरा नहुने मान्यताका कारण यो समयमा दर्शनार्थीहरूको उपस्थिति छैन, भाकल नभई पूजाका लागि आउने भक्तजनहरू भने आइरहनुभएको छ। । " महतले भन्नुभयो ।
माथिल्लो फेदी क्षेत्रमा तीर्थयात्रीहरूको चहलपहललाई हेरेर बताउने हो भने आज ५०० देखि ६०० जनासम्म भक्तजन आउन सक्ने उहाँको भनाइ छ।विगतका वर्षहरूको तुलनामा सदरमुकाम फङ्लिङमासमेत तीर्थयात्रीको चहलपहल कम देखिएको छ । भ्याइ नभ्याई हुने यातायात व्यवसायीहरू समेत अहिले फुर्सदिला देखिन्छन् ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

तमोर महिला कृषि सहकारी संस्थाको सत्रौँ साधारण सभा सम्पन्न, नवनिर्मित भवनको उद्घाटन
रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली ताप्लेजुङ सदरमुकाम स्थित फुङ्लिङमा रहेको तमोर महिला कृषि सहकारी संस्थाले आज आफ्नो सत्रौँ साधारण सभा

फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक

दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग
रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

..jpeg)






प्रतिकृया दिनुहोस