'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ
कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ सदरमुकाम स्थित फुङ्लिङ बजारमा भौतारिएर हिँड्ने ,मानसिक सन्तुलन राम्रो नभएका दीपक लिम्बुलाई उद्धार गरेको छ।
संस्थाका अध्यक्ष मौसम गुरुङका अनुसार लिम्बुको उद्धार गरी उपचार तथा पुनर्स्थापनाका लागि झापा स्थित 'समृद्धि प्रतिष्ठान नेपाल ' पठाइएको छ ।
फुङ्लिङ नगरपालिका वडा नम्बर २ तेर्से बस्ने लिम्बु लामो समयदेखि बजार क्षेत्रमा भौतारिएर हिँड्ने गरेका थिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको प्रत्यक्ष समन्वय तथा उनकी आमा देवी माया गुरुङको स्वीकृतिमा उद्धार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ।
लिम्बुको पुनस्थापना तथा उपचारका लागि ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले नगद रु ४५ हजा सहयोग गरेको छ।वृद्धावस्था तथा असक्तताको कारण थला परेकी देवी मायाका लागि समेत औषधि तथा खाद्यान्नका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरेको बताइएको छ ।
सदरमुकाम फुङ्लिङबाट थप बेवारिसे मानवहरूलाई उद्धार गर्ने प्रक्रियामा रहेको संस्थाको भनाइ छ ।
समतामूलक समाज निर्माण र युवा जनशक्तिलाई उचित रूपमा परिचालन गर्ने आफ्नो अभियानमा सहयोगका लागि विभिन्न निकायहरूलाई उक्त संस्थाले आग्रह गरेको छ।
गैरनाफामूलक संस्थाको रूपमा सदरमुकाम फङ्लिङमा स्थापित 'होप फर अल'ले युवाहरूलाई सामाजिक काममा जोड्ने तथा दुर्वेशनी विरुद्ध कार्य गर्दै आएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार

दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग
रेडियो ताप्लेजुङ कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान
रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त





प्रतिकृया दिनुहोस