ताजा खबर

घरेलुले ताप्लेजुङका पाँच उद्यमीलाई सम्मान गर्ने

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक ११ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जिल्लाका पाँच जना उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको छ।

कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका तथा विगतका वर्षमा सम्मान प्राप्त नगरेका उद्यमीहरूलाई आगामी मङ्सिर ९ गते सम्मान गरिने कार्यालयले जनाएको छ।

 कार्यालयले १२औँ उद्योग दिवसको अवसरमा उद्यमीहरूलाई सम्मान गर्न लागेको हो। सम्मानका लागि आवश्यक कागजातसहित कार्तिक १७ गते गतेभित्र आवेदन दिइसक्न कार्यालयले उद्यमीहरूलाई आग्रह गरेको छ।

आवेदन दिन चाहने उद्यमीहरूले कार्यालयको इमेलमार्फत वा कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन्।

आवेदनका साथ उद्योग दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान तथा भ्याट दर्ता प्रमाणपत्रको फोटोकपी, कर चुक्ता प्रमाणपत्रको फोटोकपी, नागरिकताको प्रतिलिपि र सञ्चालित उद्योगको बोर्डसहित उद्योगका गतिविधि झल्किने दुई प्रति तस्बिर पेस गर्नुपर्ने कार्यालयले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन

रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका

SITENAME

 दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग 

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली  ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

SITENAME

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको