ताजा खबर

रास्वपा नगरपालिका क्यान्डिडेट क्लब : ताप्लेजुङबाट योग्य उम्मेदवार पठाउने गरी तयार

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले स्थानीय तह निर्वाचनका लागि क्यान्डिडेट क्लबमा सीमित र योग्य उम्मेदवारको नामावली पठाउने तयारी थालेको छ।
जिल्ला सभापति राजन गुरुङका अनुसार पार्टीको जिल्ला कमिटी बैठकमा योग्य उम्मेदवारका विषयमा छलफल गरी सहमति जुटेका नाम क्यान्डिडेट क्लबमा पठाउने तयारी गरिएको हो।
रास्वपाले आफ्नो आधिकारिक आरएसपी एपमा उपलब्ध फाराममार्फत पार्टी सदस्यता लिएका व्यक्तिहरूलाई विभिन्न पदमा उम्मेदवारीका लागि दाबी गर्न सक्ने व्यवस्था गरेको छ। तर, जिल्ला तहका नेता तथा कार्यकर्तासँग आन्तरिक छलफल गरेर नाम पठाउँदा प्रभावकारी नतिजा आउन सक्ने अपेक्षासहित ताप्लेजुङमा यस्तो तयारी गरिएको गुरुङले जानकारी दिनुभयो।


“उम्मेदवार बन्न चाहनेहरूले आरएसपी एपमार्फत फाराम भरेर उम्मेदवारीका लागि दाबी गर्न सक्नुहुन्छ। पार्टी सदस्यता लिएकाहरूलाई उक्त सुविधा उपलब्ध छ। तर, जिल्ला कमिटीमै बसेर छलफल गरी उम्मेदवारको नामावली केन्द्रमा पठाउँदा अझ सहज हुने र योग्य उम्मेदवार छनोट गर्न सकिने अपेक्षा हामीले लिएका छौँ,” गुरुङले भन्नुभयो।


रास्वपाले पहिलो चरणमा भदौ १ गते गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यका आकाङ्क्षीका लागि आवेदन खुला गरेको थियो। नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका आकाङ्क्षीका लागि भने असोज २९ गतेदेखि क्यान्डिडेट क्लबमा आवेदन खुला गरिएको हो।
क्यान्डिडेट क्लबमा आवेदन दिएका आकाङ्क्षीलाई निर्धारित छनोट प्रक्रियामार्फत उम्मेदवार बनाइने रास्वपाले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

पार्टीको जागरण अभियानलाई नतिजामुखी बनाउँछौँ : नेकपा ताप्लेजुङ

रेडियो ताप्लेजुङ कार्तिक ११ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले पार्टीको जागरण अभियानलाई जिल्लामा प्रभावकारी र नतिजामुखी बनाउने

SITENAME

आइटी एकेडेमी ताप्लेजुङमा २० जनालाई निःशुल्क ग्राफिक डिजाइन तालिमको अबसर

  रेडियो ताप्लेजुङ कार्तिक ११ गते । आइटी एकेडेमी ताप्लेजुङमा ६ महिने निःशुल्क ग्राफिक डिजाइन तालिमका लागि आवेदन खुलेको छ। कोशी प्रदेश सरकार

SITENAME

घरेलुले ताप्लेजुङका पाँच उद्यमीलाई सम्मान गर्ने

रेडियो ताप्लेजुङ कार्तिक ११ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जिल्लाका पाँच जना उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको