बैतडीका युवाद्वारा काठमाडौँबाट पैदल यात्रा गर्दै १९औँ दिनमा पाथीभराको दर्शन
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक १२ गते। काठमाडौँबाट १९ दिन लगाएर पैदल यात्रा गर्दै एक युवा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्नुभएको छ।
बैतडीको पुर्चौडी नगरपालिकाका प्रशान्त ढुंगेल १९औँ दिनमा पाथीभरा मन्दिर परिसरमा आइपुग्नुभएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभएको छ।
ढुंगेल १८औँ दिनमा माथिल्लो फेदी पुग्नुभएको थियो। बिहीबार उहाँलाई मन्दिर परिसरमा क्षेत्र विकास समितिले चुनरी ओढाएर मायाको चिनो प्रदान गरेको समितिले जनाएको छ।
समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरको महिमालाई पैदल यात्रामार्फत प्रचारप्रसार गर्नुभएकोमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले उहाँप्रति आभार व्यक्त गर्नुभएको छ। ढुंगेलको यो अभियानले पाथीभरा दर्शन गर्न कठिनाइ हुँदैन भन्ने सन्देश फैलाउन सहयोग पुगेको उहाँले बताउनुभएको छ।
यसैबीच, पाथीभरा क्षेत्रमा बिहीबार बिहान छिटपुट हिउँ परे पनि दिउँसो सिमसिम पानी मात्र परेको कर्मचारी महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार चिसो भने निकै बढेको छ।
माथिल्लो फेदीबाट कर्मचारी दिलकुमार भट्टराईले दिनुभएको जानकारीअनुसार प्रतिकूल मौसमका बाबजुद बिहीबार २ हजार ५३९ जनाले पाथीभराको दर्शन गरेका छन्।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

आइटी एकेडेमी ताप्लेजुङमा २० जनालाई निःशुल्क ग्राफिक डिजाइन तालिमको अबसर
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । आइटी एकेडेमी ताप्लेजुङमा ६ महिने निःशुल्क ग्राफिक डिजाइन तालिमका लागि आवेदन खुलेको छ। कोशी प्रदेश सरकार

ताप्लेजुङ युके युवा समाजद्वारा जटिल रोगबाट पीडित तीनजनालाई नगद सहयोग
रेडियो ताप्लेजुङ कार्तिक १० गते । ताप्लेजुङ युके युवा समाज यूकेले जटिल रोगबाट पीडित ताप्लेजुङका तीन जनालाई आर्थिक सहयोग गरेको छ। मङ्गलबार एक
.jpeg)
‘अर्नव’ चक्रवातको प्रभाव ताप्लेजुङमा समेत पर्ने भन्दै सतर्क रहन प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ कार्तिक १० गते । भारतमा विकसित ‘अर्नव’ चक्रवातको शक्तिशाली प्रभाव ताप्लेजुङमा समेत देखिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय


..jpeg)



..jpeg)

प्रतिकृया दिनुहोस