फुङ्लिङको मेवाराजा आधारभूत विद्यालय कोशी प्रदेशकै उत्कृष्ट
..jpeg)
रेडियो ताप्लेजुङ कार्तिक १७ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित मेवाराजा आधारभूत विद्यालय कोशी प्रदेशकै उत्कृष्ट आधारभूत विद्यालय घोषित भएको छ।
‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ले यस वर्ष मेवाराजा आधारभूत विद्यालयलाई कोशी प्रदेशकै उत्कृष्ट आधारभूत (कक्षा ८ सम्म) विद्यालयका रूपमा छनोट गरेको हो।
एसोसिएसनले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन आयोजना गरी उल्लेखनीय योगदान पुर्याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, विशिष्ट शिक्षाविद् तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ। योग्यता, उपलब्धि, प्रभाव, नेतृत्व, नवप्रवर्तन तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानका आधारमा सम्मानका लागि छनोट गर्ने गरिएको एसोसिएसनले जनाएको छ।
उत्कृष्ट विद्यालयका रूपमा छनोट भएपछि एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमले विद्यालय परिवारलाई बधाई दिँदै पुरस्कार ग्रहणका लागि मङ्सिर ४ गते धनुषास्थित महेन्द्रनारायण निधि सभाहलमा उपस्थित हुन विद्यालयका प्रतिनिधिलाई निमन्त्रणा गर्नुभएको छ।
यसैबीच, फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले पनि उत्कृष्ट विद्यालय बन्न सफल भएकोमा विद्यालय परिवारलाई बधाई दिनुभएको छ। उहाँले उक्त उपलब्धि एउटा विद्यालयको मात्र नभई वडा, समुदाय र समग्र क्षेत्रकै गौरवको विषय भएको उल्लेख गर्नुभएको छ। यस उपलब्धिका लागि विद्यालयसँग सम्बद्ध सम्पूर्ण पक्षप्रति वडाध्यक्ष सुनुवारले कृतज्ञता व्यक्त गर्नुभएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर
..jpeg)
एकै दिन साढे १० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास
..jpeg)
फुङ्लिङसहितका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, समस्या पहिचान गर्न प्राधिकरणको टोली फिल्डमा
किरण गदाइली ताप्लेजुङ, कार्तिक १६ गते । अमरपुरदेखि हिटी सबस्टेसन आउने ३३ केभी मुख्य लाइनमा ओभर करेन्ट फेस फल्ट हुँदा गए रातिदेखि ताप्लेजुङको हिटी

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)



..jpeg)
प्रतिकृया दिनुहोस