ताजा खबर

पाथीभरा याङवरकले पाँच खेलका लागि नियुक्त गर्‍यो प्रशिक्षक

SITENAME


रेडियो ताप्लेजुङ 
कार्तिक १७ गते । 

पाथीभरा याङवरक गाउँपालिकाले पाँचवटा खेल विधाका लागि प्रशिक्षक नियुक्त गरेको छ।

गत भदौ ३१ गते विभिन्न खेल विधाका प्रशिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गरेको गाउँपालिकाले मङ्गलबार अन्तर्वार्तामा सहभागी उम्मेदवारको मूल्याङ्कन तथा छनोट समितिको निर्णयअनुसार पाँच जना प्रशिक्षक छनोट गरेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रधानका अनुसार भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो खेलका लागि एक–एक जना प्रशिक्षक नियुक्त गरिएको छ।

नियुक्त हुने प्रशिक्षकमध्ये दुई जना ताप्लेजुङका र तीन जना इलामका रहेका छन्। भलिबलतर्फ सिरिजङ्घा गाउँपालिका–५ का यामबहादुर भट्टराई र कबड्डीतर्फ मेरिङदेन गाउँपालिका–५ का दावा शेर्पा छनोट हुनुभएको छ।

त्यस्तै, कराते प्रशिक्षकमा इलामको चुलाचुली गाउँपालिका–८ का मनकुमार योङहाङ, उसुमा सन्दकपुर गाउँपालिका–४ का प्रनिश राई र तेक्वान्दोमा रोङ गाउँपालिका–२ का उज्ज्वल वाइबा छनोट हुनुभएको गाउँपालिकाले जनाएको छ।

छनोट भएका उम्मेदवारले नियुक्ति तथा करार सम्झौतासम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न सात दिनभित्र गाउँपालिकामा सम्पर्क गर्नुपर्ने बताइएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

खेवाङ खेलकुद महोत्सवमा आज महिला भलिबल र पुरुष फुटबल हुँदै

रेडियो ताप्लेजुङ कार्तिक १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ स्पोर्टिङ क्लबको खेलमैदानमा जारी खेवाङ खेलकुद महोत्सवमा आज

SITENAME

खेवाङ खेलकुद महोत्सवको तयारी पूरा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, कार्तिक १५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा सोमबारदेखि सञ्चालन हुने खेवाङ खेलकुद महोत्सव २०८३ को

SITENAME

फुटबल, भलिबल र हाफ म्याराथन प्रतियोगिताले खेलकुदमय बन्दै खेवाङ

रेडियो ताप्लेजुङ असोज १८ गते । सिरिजङ्घा गाउँपालिकाको खेवाङमा हुने खेवाङ खेलकुद महोत्सव २०८३ मा हाफ म्याराथन, क्लबस्तरीय पुरुष फुटबल तथा वडास्तरीय