ताजा खबर

ताप्लेजुङमा सबैभन्दा धेरै मतदाता हाङ्देवामा, सबैभन्दा कम ओलाङचुङगोलामा

SITENAME


रेडियो ताप्लेजुङ
कार्तिक २० गते ।

ताप्लेजुङमा वडागत रूपमा सबैभन्दा धेरै मतदाता फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा रहेका छन्। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले गत वर्षको चैत २३ देखि यस वर्षको भदौ १५ गतेसम्म सङ्कलन गरेको तथा सोही मितिसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

कार्यालयका अनुसार हाङ्देवामा पुरुष १ हजार ४३५ र महिला १ हजार ३३७ गरी कुल २ हजार ७७२ मतदाता रहेका छन्। जिल्लाको उपल्लो क्षेत्र फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा भने सबैभन्दा कम मतदाता रहेका छन्।

ओलाङचुङगोलामा १७४ पुरुष र १८९ महिला गरी कुल ३६३ मतदाता रहेको कार्यालयले जनाएको छ।

सार्वजनिक विवरणअनुसार उक्त अवधिमा जिल्लामा कुल ८९ हजार ७०० मतदाता कायम भएका छन्। महिलाको तुलनामा पुरुष मतदाताको सङ्ख्या बढी रहेको छ। जिल्लामा ४८ हजार ४८ पुरुष र ४१ हजार ६५२ महिला मतदाता रहेका छन्।

उल्लेखित अवधिमा ताप्लेजुङमा ५५ जनाको मतदाता नामावलीमा भएको त्रुटि सच्याइएको छ। यस्तै, दोहोरो नामावली भएका ४४५ जनाको नाम हटाइएको छ। प्रमाण नपुगेका कारण २१ जनाको नामावली रद्द गरिएको छ भने मृत्यु भएका ६४० जनाको नाम हटाइएको कार्यालयले जनाएको छ। साथै, तीनजना मतदाताको नामसमेत हटाइएको विवरण सार्वजनिक गरिएको छ।

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम निरन्तर भइरहेको जनाउँदै जिल्ला निर्वाचन कार्यालयले नामावली अद्यावधिकका लागि सम्बन्धित वडा कार्यालयहरूसँग विवरण माग गरिएको जनाएको छ। केही वडा कार्यालयबाट हालसम्म पनि विवरण प्राप्त नभएकाले यथाशीघ्र उपलब्ध गराइदिन कार्यालयले सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।

यस्तो छ  ताप्लेजुङको वडागत मतदाता विवरण


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।


                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

एमाले ताप्लेजुङले यस वर्ष पनि चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दियो

रेडियो ताप्लेजुङ कार्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले यस वर्ष पनि विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना

SITENAME

श्रम संस्कृति पार्टीले स्थापना दिवसमा ताप्लेजुङमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्दै

किरण गदाइली ताप्लेजुङ, कार्तिक १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले स्थापना दिवसको अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने भएको

SITENAME

पार्टीको जागरण अभियानलाई नतिजामुखी बनाउँछौँ : नेकपा ताप्लेजुङ

रेडियो ताप्लेजुङ कार्तिक ११ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले पार्टीको जागरण अभियानलाई जिल्लामा प्रभावकारी र नतिजामुखी बनाउने