दक्षिण कोरिया समाज ताप्लेजुङ र युक्रे समाजद्वारा दोभान अग्नि पीडितलाई सहयोग
..jpeg)
रेडियो ताप्लेजुङ कार्तिक २१गते ।
दक्षिण कोरिया समाज ताप्लेजुङ र युके समाज नेपालले दोभानका आगलागि प्रभावित परिवारलाई राहत वितरण गरेका छन् ।
मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांबिर हांगाम, वडाध्यक्ष गजेन्द्र नाल्बो, उद्योग बाणिज्य संघ दोभानका अध्यक्ष हरीप्रसाद काफ्ले समेतको उपस्थितिमा कोरियाका प्रतिनिधि शंकर राई र युके समाजका प्रतिनिधि अन्चल नाल्बोले राहत सामग्री प्रदान गरेका हुन् ।
युके समाजले हरेक परिवारलाई समान १२ हजार ५ सयका दरले दुई लाख र कोरिया समाजले हरेक परिवारलाई एक बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री प्रदान गरेका छन् ।
युके समाजका कोषाध्यक्ष सम्सेर वनेम र कोरिया समाजका डम्बर केदेम तथा राहत बितरणमा उपस्थित प्रतिनिधिलाई प्रभावित परिवारले सहयोग गरेको प्रति कृतज्ञता ब्यक्त गरे
। गत आश्विन ८ गते दोभान वजारमा भएको आगलागिमा परी १४ करोड वढी क्षती भएको थियो । आगलागिबाट १७ परिवार बिस्थापित भएका छन् ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
खेवाङ खेलकुद महोत्सव : पेदाङ, सुरुङखिम, आयोजक र फुरलाक्पाले जिते उपाधि
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । खेवाङ खेलकुद महोत्सव २०८३ अन्तर्गत पुरुष फुटबलतर्फ पेदाङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ भने पुरुष भलिबलतर्फ
..jpeg)
स्थानीय सरकारले वन ऐन ल्याउनुपर्नेमा ताप्लेजुङका सरोकारवालाको जोड
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । सामुदायिक वनको संरक्षणका लागि स्थानीय सरकारले वन ऐन अनिवार्य रूपमा जारी गर्नुपर्नेमा ताप्लेजुङका
..jpeg)
तोक्मे डाँडा हटियामा फूलको बिक्री प्रशस्तै
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । नेपालीहरूको दोस्रो ठूलो महान् पर्व तिहार लागेसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मे डाँडा हटियामा फूलको

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस