खेवाङ खेलकुद महोत्सव : पेदाङ, सुरुङखिम, आयोजक र फुरलाक्पाले जिते उपाधि
..jpeg)
रेडियो ताप्लेजुङ कार्तिक २१ गते ।
खेवाङ खेलकुद महोत्सव २०८३ अन्तर्गत पुरुष फुटबलतर्फ पेदाङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ भने पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब सुरुङखिमले बाजी मारेको छ।
शनिबार सम्पन्न प्रतियोगिताका फाइनल खेलहरूमा पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब सुरुङखिमले थुम्बेदिनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो।
पुरुष फुटबलको पनि उपाधि नजिक पुगेको सुरुङखिम पेदाङ स्पोर्टिङ क्लबसँग पराजित हुन पुग्यो। दिउँसो सम्पन्न फाइनलमा पेदाङले सुरुङखिमलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
आकर्षणका रूपमा रहेको साविक खेवाङ गाविसका विभिन्न वडालाई प्रतिनिधित्व गर्ने २१ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिका–३ का फुरलाक्पा शेर्पाले जितेका छन्। उनले निर्धारित दूरी १ घण्टा २१ मिनेट १९ सेकेन्डमा पार गरेका थिए।
त्यस्तै, ओखलढुङ्गाका पृथ्वी राईले निर्धारित दूरी १ घण्टा २३ मिनेट २९ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे। तेस्रो स्थान मैवाखोला गाउँपालिका–६ का अमिर लिम्बुले प्राप्त गरे। उनले निर्धारित दूरी १ घण्टा २६ मिनेट १८ सेकेन्डमा पार गरेका थिए।
प्रतियोगितामा चौथोदेखि दशौँ स्थानसम्म हासिल गर्ने धावकहरू यस प्रकार छन्।
४. छत्र कार्की (फक्ताङलुङ)
५. सागर लिम्बु (मेरिङदेन)
६. विविसन लिम्बु (सिरिजङ्घा)
७. समिर लिम्बु (सिदिङ्वा)
८. संयोग लिम्बु (फक्ताङलुङ)
९. भिया लिम्बू (मेरिङदेन)
१०. विनय राई (सिदिङ्वा)
प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ विजेता बनेको पेदाङ स्पोर्टिङ क्लबले नगद १ लाख ५५ हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता लालीगुराँस युथ क्लब सुरुङखिमले १ लाख ५ हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै, पुरुष भलिबलतर्फ विजेता बनेको लालीगुराँस युवा क्लब सुरुङखिमले ६० हजार र उपविजेता थुम्बेदिनले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
महिला भलिबलतर्फको उपाधि आयोजक खेवाङ स्पोर्टिङ क्लबले जित्दै नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ। उक्त विधामा द्वितीय भएको लालीगुराँस युथ क्लबले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
हाफ म्याराथनतर्फ प्रथमदेखि दशौँ स्थानसम्मका धावकले पुरस्कार प्राप्त गरेका छन्। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३३ हजार ५८३, २२ हजार ५८३ र १३ हजार ५८३ रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, चौथो हुनेले ७ हजार ५८३ रुपैयाँ तथा पाँचौँदेखि आठौँ स्थानसम्मका धावकले जनही ५ हजार ५८३ रुपैयाँ प्राप्त गरेका छन्। नवौँ र दशौँ हुनेले जनही ३ हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ।
खेवाङको प्राकृतिक तथा सांस्कृतिक पहिचानको प्रचारप्रसार गर्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। खेलकुद महोत्सव गत कार्तिक १६ गतेदेखि सुरु भएको हो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
पाथीभरा याङवरकले पाँच खेलका लागि नियुक्त गर्यो प्रशिक्षक
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । पाथीभरा याङवरक गाउँपालिकाले पाँचवटा खेल विधाका लागि प्रशिक्षक नियुक्त गरेको छ। गत भदौ ३१ गते विभिन्न खेल
..jpeg)
खेवाङ खेलकुद महोत्सवमा आज महिला भलिबल र पुरुष फुटबल हुँदै
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ स्पोर्टिङ क्लबको खेलमैदानमा जारी खेवाङ खेलकुद महोत्सवमा आज

खेवाङ खेलकुद महोत्सवको तयारी पूरा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, कार्तिक १५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा सोमबारदेखि सञ्चालन हुने खेवाङ खेलकुद महोत्सव २०८३ को

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस