ओलाङचुङगोलामा ‘फुर्डुप’ पूजाको रौनक, फोरजी सेवा अवरुद्ध
..jpeg)
रेडियो ताप्लेजुङ कार्तिक २२ गते ।
ताप्लेजुङको उपल्लो हिमाली क्षेत्र ओलाङचुङगोलामा विगत आठ दिनदेखि ‘फुर्डुप’ पूजाको रौनक छ।गाउँघरमा सुखशान्तिको कामना गर्दै उक्त क्षेत्रमा सदियौँदेखि यो पूजा गर्ने चलन रहेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभएको छ।
यस समयमा शङ्खजस्तै आकृतिको ‘फुर्डुप’ भनिने सामग्रीलाई देवताका रूपमा पूजा गरिन्छ। बौद्ध पात्रोअनुसार नवौँ महिनाको अन्त्यतिर गरिने यो पूजाका लागि ओलाङचुङगोला घर भई हाल अमेरिका, काठमाडौं, दार्जिलिङलगायतका क्षेत्रमा बसोबास गर्ने मानिसहरू गाउँमा भेला भएका छन्।
यो पूजा ओलाङ्चुङ गोला क्षेत्रका वालुङ समुदायहरूले मात्रै मनाउने भएका कारणले पनि अद्वितीय छ।
अध्यक्ष भोटेका अनुसार कोभिड महामारीअघि चीनको स्वशासित क्षेत्र तिब्बतबाट समेत उक्त पूजामा सहभागी हुन मानिसहरू आउने गरेका थिए। तर, अहिले चीनसँगको नाका सञ्चालनमा नरहेकाले त्यहाँबाट मानिसहरू आएका छैनन्।
सोमबार सम्पन्न हुने पूजाका क्रममा लामाहरू ध्यानमा बसिरहेका छन्। ऐतिहासिक दिकी छ्योलिङ गुम्बामा लामाहरूले ध्यान गरिरहेको अध्यक्ष भोटेले जानकारी दिनुभयो। पृथ्वीनारायण शाहको पालामा लालमोहर लागेको उक्त गुम्बा नेपालकै पुराना गुम्बामध्ये एक हो। अध्यक्ष भोटेका अनुसार गुम्बा करिब ८०० वर्ष पुरानो छ।
फुर्डुप पूजाका विषयमा आफूभन्दा अघिल्लो पुस्ताका मानिसहरूले समेत धेरै अघिदेखि मनाउँदै आएको बताउने गरेको भोटेले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।
पूजाको रौनक चलिरहँदा उक्त क्षेत्रमा फोरजी मोबाइल सेवा भने अवरुद्ध भएको छ। ‘अर्नव’ चक्रवातका कारण तीन दिनसम्म परेको झरीका क्रममा चट्याङ पर्दा ओलाङचुङगोलास्थित हिले टावरमा क्षति पुगेको थियो।
हाल ओलाङचुङगोलामा टुजी सेवामार्फत फोनवार्ता गर्न सम्भव भए पनि इन्टरनेट चलाउन समस्या भइरहेको अध्यक्ष भोटेले जानकारी दिनुभयो। सम्बन्धित निकायलाई यसबारे जानकारी गराइसकेको बताउँदै उहाँले नेपाल टेलिकमको विराटनगरस्थित कार्यालयले तिहारपछि सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
खेवाङ खेलकुद महोत्सव : पेदाङ, सुरुङखिम, आयोजक र फुरलाक्पाले जिते उपाधि
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । खेवाङ खेलकुद महोत्सव २०८३ अन्तर्गत पुरुष फुटबलतर्फ पेदाङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ भने पुरुष भलिबलतर्फ
..jpeg)
स्थानीय सरकारले वन ऐन ल्याउनुपर्नेमा ताप्लेजुङका सरोकारवालाको जोड
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । सामुदायिक वनको संरक्षणका लागि स्थानीय सरकारले वन ऐन अनिवार्य रूपमा जारी गर्नुपर्नेमा ताप्लेजुङका
..jpeg)
दक्षिण कोरिया समाज ताप्लेजुङ र युक्रे समाजद्वारा दोभान अग्नि पीडितलाई सहयोग
रेडियो ताप्लेजुङ कार्तिक २१गते । दक्षिण कोरिया समाज ताप्लेजुङ र युके समाज नेपालले दोभानका आगलागि प्रभावित परिवारलाई राहत वितरण गरेका छन्

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस