तिहारको समयमा सेवामा कति पनि कमी हुन दिने छैनौँ : ताप्लेजुङ अस्पताल

किरण गदाइली
ताप्लेजुङ,कार्तिक २३ गते । जिल्ला अस्पताल ताप्लेजुङले तिहारको समयमा स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नदिने जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण थापा मगरका अनुसार चाडपर्वको समयमा आकस्मिक सेवाका लागि अस्पतालको टोली २४ सै घण्टा तयारी अवस्थामा रहनेछ भने हाल उपचाररत बिरामीको सेवामा पनि कुनै कमजोरी नहुने गरी व्यवस्थापन मिलाइएको छ।
सेवालाई प्रभावकारी बनाउन दशैँमा घर गएका कर्मचारीलाई तिहारमा काममा खटाइएको छ। डा. थापा मगर स्वयं पनि दशैँ बिदामा बसेका कारण अहिले सेवाका लागि जिल्लामै रहेको बताउनुहुन्छ।
"हामीले सेवा प्रवाहलाई कत्ति पनि प्रभावित हुन नदिन सक्दो प्रयास गरेका छौँ। दशैँमा घर गएका अस्पतालका कर्मचारीहरू तिहारमा भने सेवामै रहनुहुनेछ। सेवाग्राहीले सेवामा कुनै पनि प्रकारको कमी महसुस नगर्ने गरी हामी तयारी अवस्थामा छौँ," डा. थापा मगरले रेडियो ताप्लेजुङसँग भन्नुभयो।
उहाँका अनुसार अस्पतालको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रत्येक रात 'क्विक रेस्पोन्स टिम' पठाउने गरेको छ। विगतमा पनि सीसी क्यामेराबाट निगरानी गर्ने गरिएकोमा प्रदेश सरकारको आर्थिक सहयोगमा अस्पताल हाताभित्र पर्याप्त मात्रामा सीसी क्यामेरा जडान गरिएको उहाँले जानकारी दिनुभयो।
चाडपर्वको समयमा बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको ड्युटी रोस्टर तयार गरिएको छ। रोस्टरअनुसार आफ्नो ड्युटी नपरेको समयमा स्थानीय स्वास्थ्यकर्मीसँग मिलेर देउसीभैलोसमेत खेल्ने गरिएको डा. थापा मगरले बताउनुभयो।
"आफ्नो ड्युटी नपरेका समयमा स्थानीय स्वास्थ्यकर्मीसँग मिलेर देउसीभैलोसमेत खेलिरहेका छौँ। यसो गर्दा तिहारमा घर जान नपाएका कर्मचारीलाई न्यास्रो पनि नलाग्ने भयो," उहाँले भन्नुभयो।
डा. थापा मगरका अनुसार अत्यावश्यक अवस्थामा जिल्ला अस्पतालमा सम्पर्क गर्नका लागि आपतकालीन फोन नम्बर जिल्ला प्रशासन कार्यालय ,ताप्लेजुङ र स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराइएको छ। आपतकालीन अवस्थामा सम्पर्कका लागि अस्पतालको आधिकारिक फेसबुक एकाउन्टमा समेत सम्पर्क नम्बर राखिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

तिहारको समयमा सेवामा कति पनि कमी हुन दिने छैनौँ : ताप्लेजुङ अस्पताल
किरण गदाइली ताप्लेजुङ,कार्तिक २३ गते । जिल्ला अस्पताल ताप्लेजुङले तिहारको समयमा स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नदिने जनाएको छ।
..jpeg)
ओलाङचुङगोलामा ‘फुर्डुप’ पूजाको रौनक, फोरजी सेवा अवरुद्ध
रेडियो ताप्लेजुङ कार्तिक २२ गते । ताप्लेजुङको उपल्लो हिमाली क्षेत्र ओलाङचुङगोलामा विगत आठ दिनदेखि ‘फुर्डुप’ पूजाको रौनक छ।गाउँघरमा
..jpeg)
खेवाङ खेलकुद महोत्सव : पेदाङ, सुरुङखिम, आयोजक र फुरलाक्पाले जिते उपाधि
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । खेवाङ खेलकुद महोत्सव २०८३ अन्तर्गत पुरुष फुटबलतर्फ पेदाङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ भने पुरुष भलिबलतर्फ


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)
..jpeg)
..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस