फाल्गुनन्द जन्मजयन्ती : ताप्लेजुङमा हुने कार्यक्रमको तयारी पूरा
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक २४ गते ।१६औँ राष्ट्रिय विभूति तथा महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा ताप्लेजुङमा बुधबार आयोजना हुने कार्यक्रमको तयारी पूरा भएको छ।
आयोजक किरात धर्म तथा साहित्य उत्थान संघका सचिव सरोज काङ्लिबाका अनुसार सदरमुकाम फुङ्लिङमा भोलि बिहान १० बजेदेखि विविध कार्यक्रम सञ्चालन हुनेछन्। जिल्लाका अन्य स्थान सान्थाक्रा र तापेथोकमा समेत फाल्गुनन्द जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिनेछ। ती स्थानमा रहेका माङहिमहरूमा पूजाआजासहित शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ।
तोक्मे डाँडामा रहेको महागुरुको पुर्णकदको सालिकमा माल्यार्पण तथा १०८ दीप प्रज्वलन गरी जन्मजयन्ती समारोह सुरु गरिनेछ। त्यसपछि फुङ्लिङ नगरपालिका६ मा रहेको किरात हाङसाम माङहिममा कार्यक्रमको उद्घाटन तथा शुभकामना आदानप्रदान गरिने सचिव काङ्लिबाले जानकारी दिनुभयो।
माङहिममा हुने कार्यक्रममा महागुरुको जीवनीबारे चर्चा गरिनेछ। यस वर्ष नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (बलिहाङ तङ्नाम) समेत परेकाले विगतका वर्षहरूमा जस्तै शान्ति र्याली भने आयोजना नगरिने उहाँले बताउनुभयो।
जन्मजयन्तीको पूर्वसन्ध्यामा तोक्मे डाँडामा रहेको महागुरुको मूर्तिलाई सजाइएको छ भने माङहिममा पनि विशेष तयारी गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

नेपाल सम्वत ११४७ को अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान
रेडियो ताप्लेजुङ कार्तिक २४ ।नेपाल सम्वत ११४७ का अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल भाषा तथा सांस्कृतिक

तिहारको समयमा सेवामा कति पनि कमी हुन दिने छैनौँ : ताप्लेजुङ अस्पताल
किरण गदाइली ताप्लेजुङ,कार्तिक २३ गते । जिल्ला अस्पताल ताप्लेजुङले तिहारको समयमा स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नदिने जनाएको छ।

तिहारको समयमा सेवामा कति पनि कमी हुन दिने छैनौँ : ताप्लेजुङ अस्पताल
किरण गदाइली ताप्लेजुङ,कार्तिक २३ गते । जिल्ला अस्पताल ताप्लेजुङले तिहारको समयमा स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नदिने जनाएको छ। अस्पतालका


..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस