ताजा खबर

ताप्लेजुङमा बन्यो पहिलो पटक क्रिकेट टीम, प्रशिक्षकमा राज, ब्यवस्थापकमा नविन र क्याप्टेनमा रबिन

SITENAME

कार्तिक २६, २०८३
ताप्लेजुङ - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनौट चलिरहँदा हिमाली जिल्ला ताप्लेजुङले पहिलो पटक क्रिकेट टीम बनाएको छ । 
मेरिङदेन गाउँपालिका ६ नाल्बुका राज सामेखाम (पान्दोलुङ माविका शिक्षक) टीम प्रशिक्षक (कोच) नाल्बुकै नबिन तुम्बाहाम्फे टीम व्यवस्थापक र फुङलिङ नगरपालिकाका रबिन श्रेष्ठ टीम क्याप्टेन रहेको टीम बनेको हो । 
टीम बनेको पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार बिराटनगर गएको जिल्ला खेलकद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए । 
खेलकुद विकास समितिका उपाध्यक्ष अन्जना कडरियाका अनुसार यो जिल्लामै पहिलो पटक बनेको टीम हो र  अन्य जिल्लासँगको पतिष्पर्धामा पहिलो पटक सहभागी हुन लागेको हो । 
‘हाम्रा लागि दशौं राष्ट्रिय खेलकुद राम्रै बन्यो, देश बिदेसमा चर्चित प्रतियोगिताका लागि टीम बनाउन सक्यौं’ अन्जनाले भनिन् । 
पौडेलका अनुसार कोच राजले टीम बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरे र अधिकांस खेलाडी ग्रामीण भेगका छन् । 
जिल्ला खेलकुद विकास समितिले बिहीबार उनिहरुलाई सफलताको शुभकामना दिंदै बिदाई गरेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल सम्वत ११४७ को अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान

रेडियो ताप्लेजुङ कार्तिक २४ ।नेपाल सम्वत ११४७ का अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल भाषा तथा सांस्कृतिक

SITENAME

फाल्गुनन्द जन्मजयन्ती : ताप्लेजुङमा हुने कार्यक्रमको तयारी पूरा

रेडियो ताप्लेजुङ कार्तिक २४ गते ।१६औँ राष्ट्रिय विभूति तथा महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा

SITENAME

ओलाङचुङगोलामा ‘फुर्डुप’ पूजाको रौनक, फोरजी सेवा अवरुद्ध

रेडियो ताप्लेजुङ कार्तिक २२ गते । ताप्लेजुङको उपल्लो हिमाली क्षेत्र ओलाङचुङगोलामा विगत आठ दिनदेखि ‘फुर्डुप’ पूजाको रौनक छ।गाउँघरमा