ताजा खबर

ताप्लेजुङका पर्यटकीय क्षेत्रका लागि गुरुयोजना बनाएर अघि बढ्ने मन्त्री लङ्वाको प्रतिबद्धता

SITENAME

रेडियो ताप्लेजुङ

मंसिर २ गते । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

मिक्वाखोला गाउँपालिका ४ साँवाको तेम्बामा बुधबारदेखि सुरु भएको ‘फङफङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला २०८३’ को उद्घाटनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री लङ्वाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।

आफू यसअघि प्रदेश सरकारको संस्कृति मन्त्री हुँदा पनि फुङफुङे (फङफङदेन) झरना क्षेत्रमा पूर्वाधार विकासका लागि पहल गरेको स्मरण गर्दै मन्त्री लङ्वाले स्थानीयवासीले मेहनतका साथ पूर्वाधार निर्माण गरेको पाइएको उल्लेख गर्नुभयो।

कोशी प्रदेश भ्रमण वर्षअन्तर्गतको ‘घुमौँ कोशी’ कार्यक्रममार्फत ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा व्यापक रूपमा लागिपर्ने उहाँले विश्वास दिलाउनुभयो।

भ्रमण वर्षलाई लक्षित गरी स्थानीय तहहरूसँग समेत समन्वय गरेर पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने मन्त्री लङ्वाले प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रचुर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन आयोजकले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लङ्वाले मेलाको सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

फङ्फङ्देन समग्र नेपालकै सम्पत्ति हो : पूर्वमन्त्री हाङगाम

  रेडियो ताप्लेजुङ मंसिर २ गते । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगामले चर्चित पर्यटकीय स्थल फुङ्फुङे (फङ्फङ्देन) झरना समग्र

SITENAME

चासोक तङनाम : ताप्लेजुङमा वृद्धवृद्धालाई सम्मानसहित विविध कार्यक्रम

रेडियो ताप्लेजुङ मंसिर १ गते । किराँत लिम्बू समुदायले नयाँ बाली पाकेपछि भित्र्याउने समयमा मनाउने चासोक तङनाम (न्वागी पर्व) का अवसरमा याक्थुङ

SITENAME

सोमराज गुरुङको मृत्यु प्रकरण, दुई जना नियन्त्रणमा

रेडियो ताप्लेजुङ मंसिर १ गते । कार्तिक २४ गते रातिको समयमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित क्याम्पस लाइनमा मृत अवस्थामा भेटिएका एक