ताजा खबर

फङ्फङ्देन समग्र नेपालकै सम्पत्ति हो : पूर्वमन्त्री हाङगाम

SITENAME

 

रेडियो ताप्लेजुङ

मंसिर २ गते । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगामले चर्चित पर्यटकीय स्थल फुङ्फुङे (फङ्फङ्देन) झरना समग्र नेपालकै सम्पत्ति भएको बताउनुभएको छ।

मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा बुधबारदेखि सुरु भएको ‘फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला २०८३’ को उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले सबै तहका सरकारले यस क्षेत्रलाई विकासको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिनुभएको हो।

नेपाल सरकारले १०० गन्तव्यको सूचीमा सूचीकृत गरिसकेको पर्यटकीय क्षेत्र भएकाले साँघुरो सोच त्यागेर सबै पक्ष यसको विकासमा लाग्नुपर्ने उहाँको भनाइ छ। पर्यटक भित्र्याएर स्थानीयको आयआर्जनसँग पर्यटनलाई जोड्नुपर्नेमा पनि हाङगामले जोड दिनुभयो।

सरकारले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उहाँको धारणा छ।

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा चीनसँगको व्यापार ठप्प हुँदा सर्वसाधारणले दुःख व्यहोर्नुपरिरहेको विषयमा समेत हाङगामले कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाको ध्यानाकर्षण गराउनुभयो।

प्रचुर पर्यटकीय सम्भावना बोकेको ताप्लेजुङ जिल्लालाई सबै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, ताप्लेजुङका उच्च हिमाली क्षेत्रका जडीबुटीको प्रवर्द्धनका लागि गम्भीरतापूर्वक कदम चाल्न उहाँले कोशी प्रदेश सरकारलाई आग्रह गर्नुभयो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङका पर्यटकीय क्षेत्रका लागि गुरुयोजना बनाएर अघि बढ्ने मन्त्री लङ्वाको प्रतिबद्धता

रेडियो ताप्लेजुङ मंसिर २ गते । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि

SITENAME

चासोक तङनाम : ताप्लेजुङमा वृद्धवृद्धालाई सम्मानसहित विविध कार्यक्रम

रेडियो ताप्लेजुङ मंसिर १ गते । किराँत लिम्बू समुदायले नयाँ बाली पाकेपछि भित्र्याउने समयमा मनाउने चासोक तङनाम (न्वागी पर्व) का अवसरमा याक्थुङ

SITENAME

सोमराज गुरुङको मृत्यु प्रकरण, दुई जना नियन्त्रणमा

रेडियो ताप्लेजुङ मंसिर १ गते । कार्तिक २४ गते रातिको समयमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित क्याम्पस लाइनमा मृत अवस्थामा भेटिएका एक