खेलकुद गतिविधिको सुरुवात पाथीभराबाट गर्ने क्रम बढ्दै
..jpeg)
किरण गदाइली
ताप्लेजुङ असोज १३ गते ।खेलकुदका गतिविधिलाई प्रसिद्ध शक्तिपीठ पाथीभरासँग जोड्ने क्रम पछिल्लो समय बढ्दै गएको छ।
गत वर्ष ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप’को खेलतालिका समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभराबाट सार्वजनिक गरिएको थियो। विश्वकप फुटबल २०२६ का क्रममा पनि आफूले समर्थन गरेका टिमको जितको कामना गर्दै फुटबलप्रेमीहरू जर्सीसहित पाथीभरा दर्शन गर्न पुगेका थिए।
यस्तै, आज मङ्गलबार पाथीभरा क्षेत्रमा अर्को यस्तै दृश्य देखिएको छ। असोज १७ गतेदेखि मोरङमा सञ्चालन हुन लागेको ‘तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप’को खेलतालिका सार्वजनिक गर्न आयोजक टोली पाथीभरा मन्दिर परिसर पुगेको थियो।
टोलीले प्रतियोगितामा सहभागी हुने टिमहरूबीचको खेलतालिका मन्दिर परिसरबाट सार्वजनिक गरेको हो।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार आयोजक टोलीले प्रतियोगिताको उद्घाटन खेल र फाइनलमा प्रयोग गरिने दुईवटा बलसमेत पूजा गरेर लगेको छ।
गोल्डकपको पूर्वसन्ध्यामा पाथीभराको दर्शन गरी धार्मिक महत्त्व र गरिमा बढाउन सहयोग गरेको भन्दै कर्मचारी महतले आयोजक टोलीलाई धन्यवाद व्यक्त गर्नुभएको छ। साथै, उहाँले प्रतियोगिता सफलताको कामनासमेत गर्नुभएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो
रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा
..jpeg)
मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो
रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख
रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस