ताजा खबर

दशौँ राष्ट्रिय खेलकुद : ताप्लेजुङबाट छनोटमा सहभागी हुन असोज १९ गतेभित्र आवेदन दिनुपर्ने

SITENAME

मदन गौतम


ताप्लेजुङ, असोज १४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय खेलाडी छनोटमा सहभागी हुन ताप्लेजुङका खेलाडीले असोज १९ गतेभित्र आवेदन दिइसक्नुपर्ने भएको छ।

जिल्ला खेलकुद विकास समितिले विभिन्न ३२ वटा खेल विधाका लागि खेलाडी छनोट गरिने जनाउँदै इच्छुक खेलाडीलाई आवेदन दिन आह्वान गरेको हो। आफूले सहभागिता जनाउन चाहेको खेल विधाका लागि खेलाडीले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा कार्यालय समयभित्र पुगेर फारम भर्न सक्नेछन्।

जिल्लास्तरमा खेलाडी छनोट गरी प्रदेशस्तरीय छनोटका लागि पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो। आवेदन दिन इच्छुक खेलाडीले नागरिकता वा जन्मदर्ताको प्रतिलिपिसहित पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा बुझाउनुपर्ने समितिले जनाएको छ।

यसैबीच, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीलाई सहज बनाउने उद्देश्यले फुङ्लिङ नगरपालिकाले जिल्ला खेलकुद विकास समिति कार्यालयलाई टेबल टेनिसको पोर्टेबल कोर्ट उपलब्ध गराएको छ।

चालु आर्थिक वर्षको पहिलो स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ मूल्यको पोर्टेबल कोर्ट उपलब्ध गराएको हो। नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाले बुधबार एक कार्यक्रमका बीच समितिका अध्यक्ष चन्द्र थेबेलाई उक्त कोर्ट हस्तान्तरण गर्नुभएको हो।

इन्डोर खेलअन्तर्गत पर्ने टेबल टेनिसका लागि कोर्टको अभाव भइरहेका बेला नगरपालिकाले कोर्ट उपलब्ध गराएको भन्दै अध्यक्ष थेबेले नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

पाथीभरा याङवरकले ६ विधाका खेलमा प्रशिक्षक राख्ने

रेडियो ताप्लेजुङ असोज १गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई दृष्टिगत गर्दै विभिन्न ६ विधाका

SITENAME

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म

किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने

SITENAME

वीरेन्द्र युवा क्लबले जित्यो प्रथम खुला महिला फुट्सल प्रतियोगिताको उपाधि

रेडियोताप्लेजुङ भदौ २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कुलकर्ण फुट्सल, मादेन डाँडामा सम्पन्न ‘प्रथम कुलकर्ण खुला महिला फुट्सल