दोभान अग्नि पीडितलाई एमाले ताप्लेजुङद्वारा ४ लाख २१ हजार रुपैयाँ बढी सहयोग

रेडियो ताप्लेजुङ
असोज १० गते । मेरिङदेन गाउँपालिका–३ स्थित दोभानका अग्नि पीडितलाई विभिन्न संघसंस्थाले राहत उपलब्ध गराउन थालेका छन्।
नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङले शनिबार दोभान पुगेर अग्नि पीडितका लागि ४ लाख २१ हजार १ सय १० रुपैयाँ आर्थिक सहयोग गरेको छ। जिल्ला कमिटीले उक्त रकम आगलागीबाट पीडित १६ परिवारलाई हस्तान्तरण गरेको हो।
आगलागीबाट भएको क्षतिको विवरणका आधारमा न्यूनतम २० हजार ३ सय १५ रुपैयाँदेखि अधिकतम ३१ हजार २ सय ३० रुपैयाँसम्म राहत रकम प्रदान गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष विवेक बाँनियाले बताउनुभयो।
यस्तै, शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ, श्री सत्य साई सेवा संगठन नेपाल र उद्योग वाणिज्य संघ ताप्लेजुङले राहत सामग्रीसहित प्रतिपरिवार २० हजार रुपैयाँका दरले १६ परिवारलाई राहत वितरण गरेका थिए।
बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरमा विद्युत् सर्ट भई लागेको आगोले दोभान बजारका १० वटा घर जलेर नष्ट हुँदा १६ परिवार प्रभावित भएका छन्। आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

फुङ्लिङ ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस