झन्डै चार महिनापछि ११ यात्रु लिएर नेपाल एयरलाइन्सको विमान सुकेटार अवतरण

रेडियो ताप्लेजुङ
असोज १२ गते । झन्डै चार महिनापछि नेपाल वायुसेवा निगमको विमान ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण गरेको छ।
नेपाल वायुसेवा निगम ताप्लेजुङ स्टेसनका अनुसार जेठ २२ गतेदेखि नियमित उडान ठप्प रहेकोमा आज काठमाडौँबाट ११ यात्रु लिएर निगमको जहाज सुकेटार विमानस्थलमा अवतरण गरेको हो।
ताप्लेजुङबाट भने बच्चासहित पाँच जना यात्रु काठमाडौँका लागि उडेका निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो।
चाडपर्व तथा पर्यटकीय सिजन सुरु हुनुका साथै मौसममा सुधार आएकाले झन्डै चार महिनादेखि ठप्प रहेको उडान सेवा पुनः सञ्चालन गरिएको हो।
गत सोमबार नै उडान गर्ने भनिए पनि जहाजमा देखिएको प्राविधिक समस्याका कारण अन्तिम समयमा उडान रद्द भएको थियो।
विमानस्थल भए पनि नियमित उडान नहुँदा ताप्लेजुङका नागरिकले हवाई सेवाको प्रभावकारी रूपमा उपयोग गर्न पाइरहेका छैनन्।
सुकेटार विमानस्थलबाट ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ हवाई सेवा सञ्चालन हुँदै आएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

फुङ्लिङ ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस