सुनचाँदी कला व्यवसायी सङ्घ र नेकपाद्वारा दोभान अग्निपीडितलाई राहत सामग्री सहयोग

रेडियो ताप्लेजुङ
असोज १२ गते । दोभान अग्निपीडितलाई राहत जुट्ने क्रम जारी छ। सोमबार पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङ र नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले छुट्टाछुट्टै राहत सामग्री वितरण गरेका छन्।
आगलागीस्थलमा पुगेर सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङले ७१ हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ। आगलागीबाट पीडित १५ परिवारका लागि आवश्यक खाद्यान्न तथा सरसफाइका सामग्री प्रदान गरिएको सङ्घले जनाएको छ।
व्यवसायी सङ्घ ताप्लेजुङका जिल्ला अध्यक्ष गङ्गाराम शङ्करका अनुसार संस्थामा आबद्ध भई सदरमुकाम फुङ्लिङमा व्यवसाय गर्दै आएका व्यवसायीहरूबाट सङ्कलित राहत वितरण गरिएको हो। राहत सामग्रीका लागि काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले समेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो।
आगलागीबाट पीडित परिवारलाई केही मात्रामा भए पनि राहत पुगोस् भन्ने उद्देश्यले संस्थामा आबद्ध व्यवसायीहरूले स्वेच्छाले सहयोग गरेको र उक्त सहयोगबाट सामग्री खरिद गरी वितरण गरिएको उहाँले बताउनुभयो।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले पनि आगलागीबाट पीडित परिवारलाई आवश्यक सामग्री राहतस्वरूप प्रदान गरेको छ। पार्टीले सिरक, डस्नालगायतका अत्यावश्यक सामग्री प्रदान गरेको जनाएको छ।
बारम्बारको आगलागीबाट पीडित बनेका दोभान वासीलाई सान्त्वनास्वरूप सकेको सहयोग गरिएको पार्टीका केन्द्रीय अनुशासन आयोग सदस्य इन्द्र श्रेष्ठले बताउनुभयो। सबैले सकेको सहयोग गरेमा पीडित परिवारलाई पुनरुत्थानका लागि सहज हुने उहाँले बताउनुभयो।
राहत वितरण कार्यक्रममा केन्द्रीय अनुशासन आयोग सदस्य श्रेष्ठ, प्रदेश कमिटी सदस्यद्वय चन्द्र तामाङ, सुजन सामेखाम, जिल्ला सहइन्चार्जद्वय विष्णु हाङबाङ र निता सिवा तथा जिल्ला संयोजक दुर्गाहाङ श्रेङचोङबाङलगायतको सहभागिता रहेको थियो।
गत बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन्। आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन्। यसअघि २०७७ सालको फागुन महिनामा भएको आगलागीबाट समेत दोभानमा ठूलो क्षति भएको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

फुङ्लिङ ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस