ताजा खबर

ताप्लेजुङमा उमेर समूहको फुटबलमा आकर्षण बढ्दै,थुकिमामा यू–१७ प्रतियोगिता कात्तिक १ गतेदेखि

SITENAME

किरण गदाइली



असोज १३ गते । ताप्लेजुङमा उमेर समूहका फुटबल गतिविधि बढ्न थालेका छन्।

यसै क्रममा विजयादशमीको अवसरमा नवप्रतिभा युवा क्लब, मेरिङदेन–५ थुकिमाले १७ वर्षमुनिको यू–१७ नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी कात्तिक १ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने खेल संयोजक शरद मादेनले जानकारी दिनुभएको छ।

प्रतियोगितामा १७ वर्षसम्मका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। १७ वर्षभन्दा माथिका खेलाडी समावेश गरेको पाइएमा सम्बन्धित टोलीलाई वाकओभर दिइने संयोजक मादेनले जानकारी दिनुभयो।

खेलाडीको उमेर पुष्टि गर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको उहाँले बताउनुभयो।

उमेर समूहको प्रतियोगिताले प्रतिभा पहिचानमा सहयोग पुग्नुका साथै खेलाडीले आफू समान उमेरका खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउँदा हौसला बढ्ने भएकाले यू–१७ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ तथा उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यसैबीच, दशैँकै अवसरमा ताप्लेजुङको फूलबारीमा पनि उमेर समूहको पहिलो खुड्किलो मानिने १४ वर्षमुनिको यू–१४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो

रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

SITENAME

मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो

रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

SITENAME

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख

रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार