आधिकारिक प्रकोप खाता सञ्चालनमा ल्याउँदै मेरिङदेनद्वारा दोभान अग्नि पीडितलाई सहयोग गर्न आह्वान

रेडियो ताप्लेजुङ
असोज १३ गते।जिल्लाको मेरिङदेन गाउँपालिकाले 'प्रकोप व्यवस्थापन खाता ' सञ्चालनमा ल्याउँदै दोभान अग्नि पीडितलाई सहयोगको लागि आह्वान गरेको छ।
कुमारी बैंकको मेरिङदेन शाखामा उक्त खाता सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ। आगलागि पीडितका लागि सहयोग गर्न चाहनेले उक्त खाता को खाता नम्बर : २७५०२४८१७९४००००६ मा नगद सहयोग गर्न सक्नेछन् ।
साथै पालिकाले आफ्नो आधिकारिक फेसबुक आईडीमा समेत उक्त खाताको क्यूआरकोड सार्वजनिक गरेको छ। उक्त कोड मार्फत समेत सहयोग गर्न सकिने बताइएको छ ।
आगलागी पीडितहरू को परिवार अहिले कठिन अवस्थामा रहेकाले सानो सहयोग पनि ठूलो राहत बन्न सक्ने पालिकाले जनाएको छ ।
पालिकाको आधिकारिक प्रकोप व्यवस्थापन खातामा नगद जम्मा गरी सहयोग गर्न पालिकाले सम्पूर्णमा आग्रह गरेको छ।
असोज ८ गते दिउँसो विद्युत शर्ट भई आगलागी हुँदा ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक स्थल दोभान बजार क्षेत्रको १० घर जलेर नष्ट भएका थिए। उक्त घरमा बसोबास तथा व्यवसाय गर्दै आएका १५ परिवार आगलागीबाट अति प्रभावित भएका छन्।
विभिन्न निकायहरूले सहयोग गरिरहेका छन् ।गाउँपालिकाले आधिकारिक प्रकोप खाता सञ्चालनमा ल्याएपछि देश तथा विदेशबाट सहयोग गर्न चाहने महानुभावहरूका लागि सहज हुने अपेक्षा गरिएको छ।

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

फुङ्लिङ ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस