ताजा खबर

पाँच वटा भेनियरद्वारा दोभान अग्नि पीडितलाई ५० हजार रुपैयाँ सहयोग

SITENAME

रेडियो ताप्लेजुङ


ताप्लेजुङ, असोज १४ गते । ताप्लेजुङ जिल्लामा सञ्चालित पाँच वटा भेनियर उद्योगले दोभान अग्नि पीडितलाई संयुक्त रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

बुधबार आगलागी प्रभावित क्षेत्र दोभानमा पीडितहरूलाई भेनियर उद्योगहरूबाट सङ्कलित रकम हस्तान्तरण गरिएको मेरिङदेन गाउँपालिकाले जनाएको छ। अरुण भेनियर, दोभान भेनियर, कन्काई भेनियर, तमोर भेनियर र फक्ताङलुङ भेनियरले संयुक्त रूपमा सङ्कलन गरेको रकम अग्नि पीडितलाई हस्तान्तरण गरिएको हो।

अग्नि पीडितको सहयोगका लागि प्रत्येक भेनियर उद्योगले १० हजार रुपैयाँका दरले रकम सङ्कलन गरेका थिए।

गत असोज ८ गते दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा दोभान क्षेत्रमा १० वटा घर जलेर नष्ट भएका थिए। आगलागीबाट १५ परिवार विस्थापित भएका छन्।

आगलागी पीडितका लागि विभिन्न निकाय तथा सङ्घसंस्थाले राहत वितरण गरिरहेका छन्। गाउँपालिकाले राहत वितरणलाई एकद्वार प्रणालीमा व्यवस्थित गर्न प्रकोप व्यवस्थापन खाता सञ्चालनमा ल्याएको जनाएको छ। उक्त खातामार्फत पनि अग्नि पीडितलाई आर्थिक सहयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना

रेडियो ताप्लेजुङ   असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

SITENAME

फुङ्लिङ  ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री 

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते  फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

SITENAME

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय