ताजा खबर

कार्की दाजुभाइद्वारा मायाम माविमा दुई लाख रुपैयाँभन्दा बढीको अक्षय कोष स्थापना

SITENAME

रेडियो ताप्लेजुङ


ताप्लेजुङ, असोज १४ गते । फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुस्थित मायाम माध्यमिक विद्यालयमा दाताहरूले दुई लाख रुपैयाँभन्दा बढीको अक्षय कोष स्थापना गरिदिएका छन्।

स्थानीय रामबहादुर कार्की र उहाँकी धर्मपत्नी दिलमाया कार्की तथा दीपक कार्की र उहाँकी धर्मपत्नी इन्दिरा कार्की बस्नेतले संयुक्त रूपमा दुई लाख एक सय एक रुपैयाँको अक्षय कोष स्थापना गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्की (नवीन) ले जानकारी दिनुभयो।

प्रधानाध्यापक कार्कीका अनुसार उक्त अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत वार्षिक रूपमा गरिब, असहाय तथा अशक्त विद्यार्थीलाई शैक्षिक सहयोग गरिनेछ।

अक्षय कोष स्थापना गर्ने कार्कीद्धय एकै परिवारका दाजुभाइ हुनुहुन्छ। उहाँहरूले आफ्ना स्वर्गीय बुबा ज्ञानबहादुर कार्की तथा स्वर्गीय आमाहरू चन्द्रमाया थापा कार्की, विष्णुमाया रिजाल कार्की र डिकुरा खड्का कार्कीको नाममा अक्षय कोष स्थापना गरिदिनुभएको हो।

कार्की परिवारले स्थापना गरेको उक्त अक्षय कोष मायाम माध्यमिक विद्यालयको पहिलो अक्षय कोषसमेत रहेको विद्यालयले जनाएको छ।

शैक्षिक क्षेत्रको विकास तथा विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको अक्षय कोष विद्यालयका लागि महत्त्वपूर्ण हुने भन्दै विद्यालय परिवारले सहयोगी दाताहरूप्रति आभार व्यक्त गरेको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना

रेडियो ताप्लेजुङ   असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

SITENAME

फुङ्लिङ  ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री 

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते  फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

SITENAME

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय