ताजा खबर

पाथीभरा देवी दर्शन केबलकारद्वारा दोभान अग्निपीडितलाई पाँच लाख रुपैयाँ सहयोग

SITENAME

रेडियो ताप्लेजुङ


ताप्लेजुङ, असोज १४ गते । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित परिवारका लागि पाथीभरा देवी दर्शन केबलकार प्रालिले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बुधबार कम्पनीका प्रतिनिधिहरूले आगलागी प्रभावित क्षेत्रमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

मेरिङदेन गाउँपालिकाका अनुसार आगलागीबाट भएको क्षतिको आधारमा १६ परिवारलाई प्रतिपरिवार न्यूनतम १५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म वितरण गरिएको छ।

विपद्को विषम परिस्थितिमा पीडित परिवारप्रति कम्पनीले देखाएको मानवीय संवेदनशीलता, उत्तरदायित्व र सहयोगका लागि गाउँपालिकाले आभार व्यक्त गरेको छ।

यसैबीच, देश तथा विदेशबाट सहयोग गर्न चाहने दाताहरूको सहजताका लागि गाउँपालिकाले प्रकोप व्यवस्थापन खातासमेत सञ्चालनमा ल्याएको जनाएको छ। उक्त खातामार्फत अग्निपीडित परिवारलाई आर्थिक सहयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना

रेडियो ताप्लेजुङ   असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

SITENAME

फुङ्लिङ  ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री 

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते  फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

SITENAME

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय