यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना

रेडियो ताप्लेजुङ
असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले शुक्रबार विशेष कार्यक्रमका बीच उक्त सहयता कक्षा सञ्चालनमा ल्याएको हो।
पाथीभरा दर्शनको सिजन रहेकाले यात्रुहरूको सहजताका लागि सहायता कक्ष सञ्चालनमा ल्याएको ताप्लेजुङ ट्राफिक प्रहरी प्रमुख मानबहादुर माझीले जानकारी दिनुभएको छ।
सहायता कक्षा स्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सरोकारवाला सम्पूर्ण पक्ष इमान्दार भएर यात्रुलाई सहायता गर्नुपर्ने बताउनुभएको छ। यातायात व्यवसायीहरूले पार्किङ तोकिएको ठाउँमा गर्ने,सहज यता केन्द्रबाट यात्रो सहजताका लागि बढीभन्दा बढी सहयोग गर्ने कार्य गर्नुपर्ने प्रजिअ दाहालको भनाइ छ।
फुङ्लिङ नगरपालिका ४ नम्बर वडाका अध्यक्ष दुर्गा पालुंवाले ४ नम्बर वडा क्षेत्रमा होटल तथा व्यवसाय अधिक भएकाले पाथीभराका यात्रुहरूलाई सहजताका लागि राति अबेरसम्म होटल सञ्चालन हुने गरेका स्पष्ट पार्नु भयो । त्यसैले उक्त क्षेत्रमा सरक्षाका निकायले विशेष सुरक्षा दिनुपर्ने बताउनुभयो ।साथै उक्त क्षेत्रमा सिसी क्यामेरा टुटेफुटेको भए त्यसको निरीक्षण र मर्मतमा फुङ्लिङ फुङ्लिङ नगरपालिकाले तदारुकता देखाउनु पर्ने उहाँको भनाई छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

फुङ्लिङ ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय

पाथीभरा देवी दर्शन केबलकारद्वारा दोभान अग्निपीडितलाई पाँच लाख रुपैयाँ सहयोग
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १४ गते । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित परिवारका लागि पाथीभरा

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस